 
																			१५ असार, काठमाडौं । शिवशिखर र तुलसी सहकारीबाट सर्वसाधारणको करिब साढे १५ अर्ब निक्षेप अपचलन गरेका केदारनाथ शर्माले आफ्नै कम्पनीमा ऋण प्रवाह गर्दा पनि रेकर्ड नदेखिने किसिमको चलाखी गर्ने गरेको खुलेको छ ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का अनुसार विराटनगरको तुलसी बहुमुखी सहकारीबाट ऋण प्रवाह गर्दा एउटा व्यवसायमा दिने भनेर सञ्चालक समितिबाट निर्णय गराउने तर त्यो रकम अर्कै कम्पनीलाई दिने गरेको खुलेको हो ।
शिवशिखर तथा तुलसी सहकारीका सञ्चालक तथा शिखर अर्गनाइजेसनअन्तर्गतका ४३ कम्पनीका मालिक शर्मालाई प्रहरीले भारतको मुम्बईबाट पक्राउ गरी हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ ।
सहकारी संस्थाले प्राइभेट लिमिटेड कम्पनीलाई ऋण दिन पाउँदैन । त्यही भएर शर्माले घरेलु तथा साना उद्योगमा दर्ता भएको फर्मलाई ऋण दिने गरी माइन्युट गर्ने तर त्यो रकम आफ्नो लगानीको प्राइभेट लिमिटेड कम्पनीमा सार्ने गरेको देखिएको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले बताए ।
‘घरेलुमा जुन नाममा दर्ता गरिएको फर्मलाई ऋण दिइएको हो, सोही नामको प्राइभेट लिमिटेड कम्पनी कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता गरी सहकारीले दिएको ऋण मात्रै होइन, पुरानो कम्पनीको सम्पत्ति र मेसिनहरू पनि सारेको पाइयो,’ ती अधिकारीले भने ।
शर्माले तुलसी मोटरपम्प नाममा घरेलुमा व्यवसाय दर्ता गरी सहकारीको समेत लगानीमा विराटनगरमा व्यवसाय शुरु गरेका थिए । ‘त्यो व्यवसायले काम शुरु गरेर प्रतिफल आउने बेला तुलसी मोटरपम्पकै नाममा बुटवलमा प्रालि दर्ता गरेको पाइयो । त्यसपछि घरेलुमा दर्ता भएको फर्मलाई विस्तारै निष्क्रिय बनाएको देखिन्छ,’ अनुसन्धान गरीरहेको एक अधिकृतले भने ।
शर्माले विराटनगरमा घरेलुमा दर्ता गरेको फर्मको सम्पूर्ण पुँजी तथा सम्पत्ति बुटवलमा खोलिएको तुलसी मोटरपम्प प्रालिमा सारेका थिए । ‘मोरङमा तुलसी सहकारीले लगानी गरेको तुलसी मोटरपम्पको अब नाम मात्रै बाँकी छ,’ उनले भने ।
तुलसी सहकारीले तुल्सी मोटरपम्पलाई २४ करोड ५ लाख रुपैयाँ ऋण लगानी गरेको प्रहरीले उपलब्ध गराएको तथ्यांकमा उल्लेख छ ।
सहकारीको लगानी भएको फर्ममा सुकाउँदै आफ्नै नाममा भएको कम्पनीलाई अगाडि बढाउँदा सहकारीको लगानी डुब्ने र शर्माको प्राइभेट कम्पनी मोटाउने देखिएको छ । सिआईबीले पक्राउ परेका शर्माको बयान १५ असार शुक्रबारबाट सुरु गरेको छ ।
अन्य कम्पनीमा पनि शर्माले यसरी नै लगानी गरेको अनुसन्धान गरिरहेका एक अधिकारीले बताए । यसरी अन्य प्राइभेट लिमिटेड कम्पनीसमेतलाई गरी तुलसी सहकारीले नियमविपरीत ४१ करोड ६४ लाख रुपैयाँ लगानी गरेको प्रहरीले संकलन गरेको तथ्यांकमा देखिन्छ ।
सहकारीले सोही प्रकृतिको ऋण नटराज एग्रो प्रालिलाई ४ करोड २९ लाख, शिखर अर्गनाइजेशन प्रालिलाई ५ करोड ६७ लाख, तुलसी अनुसन्धान केन्द्र प्रालिलाई ४ करोड ३ लाख, गोरखा टी एन्ड कफी उद्योग प्रालिलाई २ करोड १५ लाख र शिवशिखर अर्गनाइजेशन प्रालिलाई १ करोड ४३ लाख रुपैयाँ प्रवाह गरेको हो । यसबाहेक केदारनाथ शर्मा अध्यक्ष रहको सहकारीबाट स्रोत अपचलन गर्दै शर्माकै कम्पनीहरू तुलसी राइस एण्ड चिउरा उद्योग, गार्डेन मार्ट लगायतमा ४६ करोडभन्दा बढी लगानी गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।
बाराका कर्मचारीको नाममा झापामा, झापाका कर्मचारीको नाममा रामेछापमा जग्गा
शर्माले सहकारी संस्थाको बचत रकम कर्मचारीका नाममा जग्गा खरीद गरेर पनि अपचलन गरेका थिए । जग्गा किन्दा पनि उनले चलाखी गर्ने गरेको प्रहरीले पत्ता लगाएको छ ।
‘पहिलो त उनले आफ्नो भन्दा पनि कर्मचारीको नाममा खरिद गरेकोले लगानी फेला पार्न समस्या परेको छ, अर्कातिर बाराको कर्मचारीको नाममा झापामा र झापाको कर्मचारीको नाममा रामेछापमा जग्गा किनेको देखिन्छ ।’ अन्यत्र जग्गा खरिद गर्दा पनि यस्तै चलाखी उनले गर्ने गरेको देखिएको उनले बताए ।
सहकारीको स्रोत दुरुपयोग गरी देशभर जग्गा
तुलसी सहकारीको स्रोत दुरुपयोग गरी शर्माले देशका विभिन्न भागमा १ सय १६ रोपनी जग्गा विभिन्न व्यक्तिका नाममा किनेको पनि प्रहरीले पत्ता लगाएको छ ।
शर्मा अध्यक्ष रहेको तुलसी सहकारीको मोरङ र झापाको विभिन्न स्थानमा गरी ६ वटा कित्तामा १४ हजार ८५१.७२ वर्गमिटर जग्गा रहेको छ । त्यस्तै शर्माकै नाममा उदयपुरमा २५ हजार ११८.४३३ वर्गमिटर जग्गा रहेको प्रहरीले फेला गरेको छ । केही समय अगाडिमात्रै शर्मासँगा सम्पत्ती लिएकी सविना न्यौपानेको नाममा मोरङमा नै २५३.९५ वर्गमिटर जग्गा रहको छ । उनी तुलसी सहकारी विराटनगरकी सचिवसमेत हुन्, जो अहिले पनि प्रहरी हिरासतमा छिन् ।
तुलसी सहकारीका प्रबन्धक मन्दिप खवासको नाममा समेत केदानाथ शर्माले जग्गा किनेका थिए । उदयपुरमा खवासको नाममा सहकारीकै स्रोतबाट ३ वटा कित्तामा ९ हजार ४६१ वर्गमिटर जग्गा किनेको प्रहरी स्रोतले जनाएको छ ।
शर्माले आफ्नो खाद्य उद्योगको व्यवस्थापक बन्टी अधिकारीको नाममा झापा र बारामा समेत गरी १७८४.२१ वर्गमिटर जग्गा खरीद गरेको प्रहरी स्रोतले जनाएको छ । शर्माका व्यवसायिक साझेदार छविलाल विशवकर्माको नाममा प्युठानमा ५ हजार ४८७ वर्ग मिटर जग्गा खरिद भएको देखिएको छ । यस्तै आदित्यराज भट्टराईको नाममा मोरङ र सुनसरीमा गरी करिब २४४८ वर्गमिटर जग्गा रहेको प्रहरी स्रोतले जनाएको छ ।
यसबाहेक शर्माले आफ्नो कम्पनीको विभिन्न कर्मचारीहरूको नाममा सिरहा, रामोछाप, बाँके, रुपन्देहीलगायतको जिल्लामा जग्गा किनेको हुनसक्ने अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरूको दाबी छ ।
शर्माका ४३ वटा कम्पनीमध्ये धेरै कम्पनीहरू आफ्नै जग्गामा रहेको र ती सम्पत्तिहरूमध्ये अधिकांश बैंकमा धितो रहेको समेत प्रहरी स्रोतको दाबी छ ।
३६ जिल्लामा अनुसन्धान
शिवशिखर सहकारीको ठगीको अनुसन्धान अहिले ३६ जिल्लाबाट भइरहेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ । जनतासँग उजुरी लिएर अनुसन्धान गर्न शिवशिखरको कारोबार भएका सबै जिल्लाका प्रहरी कार्यालयहरूलाई सिआईबीले पत्राचार गरेको छ ।
अनुसन्धान भएका जिल्लामध्ये चितवन, मकवानपुर, कञ्चनपुर, बाँके, बाग्लुङलगायतका मुद्दा नै दर्ता भइसकेको छ । यसबाहेक सुदुरपश्चिम प्रदेशको बैतडी, डडेलधुरा र कैलालीमा पनि प्रहरीले उजुरी लिएर अनुसन्धान गरिहेको जनाएको छ ।
केन्द्रीय अनुसन्धान ब्युरोले लुम्बिनी प्रदेशको दाङ, कपिलवस्तु, रुपन्देही, गुल्मी, अर्घखाँचीमा पनि अनुसन्धान गर्न पत्राचार गरेको छ । त्यस्तै कर्णाली प्रदेशको सुर्खेत र दैलेखमा पनि अनुसन्धानको लागि पत्राचार भएको छ । गण्डकी प्रदेशको बाग्लुङसहित म्याग्दी, लमजुङ, कास्की, गोरखामा पनि अनुसन्धान भइरहेको छ ।
बागमती प्रदेशका धादिङ, नुवाकोट, काठमाडौं, ललितपुर, काभ्रेपलाञ्चोक, दोलखा, रामेछाप, सिन्धुलीबाट समेत अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ । यसबाहेक कोशी प्रदेशको ओखलढुङ्गा, तेह्रथुम, इलाम र पाँचथरमा पनि अनुसन्धान अगाडि बढेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ । यसबाहेक भक्तपुरको ठगीको भने केन्द्रीय अनुसन्धान ब्युरो आफैले अनुसन्धान गरिरहेको छ ।
शर्माको शिवशिखर ग्रुपअन्तर्गतका ४३ कम्पनी र तिनका साझेदार
| क्र.सं. | कम्पनीको नाम | सेयरधनीहरू | सेयर कित्ता | 
| १. | गेरखा टि एण्ड कफी इन्डष्ट्रिज प्रालि | तेजबहादुर तामाङ | ५० हजार | 
| केदारनाथ शर्मा | ५० हजार | ||
| २. | गोरखा बेभरेज प्रालि | तेजबहादुर तामाङ | १० हजार | 
| केदारनाथ शर्मा | ९० हजार | ||
| ३. | शिखर मेसिनेरी एण्ड अटोमोबाईल प्रालि | केदारनाथ शर्मा | ५ लाख | 
| ४. | नटराज एग्रो प्रालि | केदारनाथ शर्मा | १० लाख कित्ता | 
| ५. | तुलसी मोटर पम्प इन्डष्ट्रिज प्रालि | केदारनाथ शर्मा | ५ लाख कित्ता | 
| ६. | तुलसी कृषि अनुसन्धान केन्द्र | केदारनाथ शर्मा | ५ लाख कित्ता | 
| ७. | गार्डेन मार्ट प्रालि | केदारनाथ शर्मा | १५ लाख कित्रँ | 
| ८. | शिवशिखर इन्भेष्टमेन्ट प्रालि | केदारनाथ शर्मा | १० लाख कित्ता | 
| ९. | उपकार मिडिया ग्रुप | केदारनाथ शर्मा | ७० हजार कित्ता | 
| सुशील बानियाँ | १० हजार कित्ता | ||
| लिलानाथ गौतम | ५ हजार कित्ता | ||
| कमल शाह | १५ हजार कित्ता | ||
| १०. | उपकार गार्मेन्ट प्रालि | केदारनाथ शर्मा | ५ लाख कित्ता | 
| ११. | शिखर मिनिरल वाटर एण्ड बेभरेज प्रालि | केदारनाथ शर्मा | २ लाख कित्ता | 
| १२. | उपकार आयल इन्डष्ट्रिज प्रालि | केदारनाथ शर्मा | २५ लाख कित्ता | 
| १३. | हिमालयन लायन कन्सट्रक्सन एण्ड मल्टी सोलुसन प्रालि | केदारनाथ शर्मा | १ लाख कित्ता | 
| १४. | तुलसी फुड इन्डष्ट्रिज प्रालि | केदारनाथ शर्मा | २ लाख ५० हजार कित्ता | 
| अमृता श्रेष्ठ | २ लाख ५० हजार कित्ता | ||
| १५. | उपकार फाउन्डेसन प्रालि | केदारनाथ शर्मा | |
| गिता शर्मा | |||
| सुदर्शन कपाली | |||
| पुष्कर मल्ल | |||
| अनिल आचार्य | |||
| १६ | उपकार अगरबत्ती उद्योग प्रालि | केदारनाथ शर्मा | १ लाख कित्ता | 
| १७. | तुलसी माहुरी फार्म प्रालि | केदारनाथ शर्मा | १ लाख कित्ता | 
| १८. | नटराज फुड इन्डष्ट्रिज प्रालि | केदारनाथ शर्मा | १० लाख कित्ता | 
| १९. | तुलसी कफी उद्योग प्रालि | केदारनाथ शर्मा | १ लाख कित्ता | 
| २०. | तुलसी काउ फार्म एण्ड डेरी प्रालि | केदारनाथ शर्मा | १ लाख कित्ता | 
| २१. | उपकार एक्सपोर्ट इम्पोर्ट प्रालि | केदारनाथ शर्मा | २ लाख कित्ता | 
| २२. | न्युज अखबार मिडिया प्रालि | केदारनाथ शर्मा | ८५ हजार कित्ता | 
| सुमनकुमार लुइँटेल | १५ हजार कित्ता | ||
| २३. | युरोप ओभरसिज कन्सलटेन्सी प्रालि | केदारनाथ शर्मा | १ हजार कित्ता | 
| २४. | शिखर स्पाइस एण्ड फ्रुट इन्डष्ट्रिज प्रालि | केदारनाथ शर्मा | ५ लाख कित्ता | 
| २५. | शिवशिखर एग्रो प्रालि | केदारनाथ शर्मा | ८ लाख कित्ता | 
| २६. | शिखरदिप फुड इन्डष्ट्रिज प्रालि | केदारनाथ शर्मा | १० लाख कित्ता | 
| २७. | शिखरदिप एग्रो प्रालि | केदारनाथ शर्मा | १० लाख कित्ता | 
| २८. | नेपा टेक्नोलोजी प्रालि | राजु शाखकर्मी | २५ हजार कित्ता | 
| २९. | वेजन इन्टरनेसनल प्रालि | विक्रम कँुवर | ५० हजार कित्ता | 
| पुष्कर मल्ल | ५० हजार कित्ता | ||
| ३०. | होटल पोप लाइफ प्रालि | गिता शर्मा | १ लाख कित्ता | 
| ३१. | शिवशिखर खाद्य उद्योग | गिता शर्मा | २० लाख कित्ता | 
| ३२. | त्रिदेवी फ्लोर एण्ड आयल इन्डष्ट्रिज प्रालि | गिता शर्मा | २० लाख कित्ता | 
| ३३. | टेक्नो डोन प्रालि | गिता शर्मा | १ लाख कित्ता | 
| ३४. | काइन्ड्ली केयर इन्डष्ट्रिज प्रालि | गिता शर्मा | १ लाख कित्ता | 
| ३५. | डिजिटल शिखर प्रालि | गिता शर्मा | १ लाख कित्ता | 
| ३६. | त्रिदेवी फुड इन्डष्ट्रिज प्रालि | गिता शर्मा | १ लाख कित्ता | 
| ३७. | उपकार सोलुसन प्रालि | गिता शर्मा | ५ हजार कित्ता | 
| ३८. | भेहिकल सोलुसन एण्ड सर्भिस प्रालि | अनिल आचार्य | १ हजार कित्ता | 
| पुष्कर मल्ल | १ हजार कित्ता | ||
| छविलाल बि.क. | १ हजार कित्ता | ||
| ३९. | आधुनिक शिव शिखर कृषि अनुसन्धान केन्द्र | गिता शर्मा | १ लाख कित्ता | 
| ४०. | शिखर अर्गनाइजेसन लिमिटेड | केदारनाथ शर्मा | १० लाख ९० हजार कित्ता | 
| गिता शर्मा | ५ लाख ५० हजार कित्ता | ||
| डिकेन्द्रकुमार गिरी | १ हजार कित्ता | ||
| सरिता गिरी | १ हजार कित्ता | ||
| जुठे राउत क्षेत्री | १ हजार कित्ता | ||
| अमृत गिरी | १ हजार कित्ता | ||
| सुनिता खड्का | १ हजार कित्ता | ||
| ४१. | गोरखा सोप एण्ड केमिकल इन्डष्ट्रिज प्रालि | तेजबहादुर तामाङ | ५० हजार कित्ता | 
| केदारनाथ शर्मा | ५० हजार कित्ता | ||
| ४२. | फोर स्टार ग्रुप प्रालि | केदारनाथ शर्मा | २५ हजार कित्ता | 
| प्रदीप भट्टराई | २५ हजार कित्ता | ||
| बालकृष्ण ढकाल | २५ हजार कित्ता | ||
| राजकुमार शर्मा | २५ हजार कित्ता | ||
| ४३. | ब्रिटिस गोर्खा ट्रेड प्रालि | तेजबहादुर तामाङ | ६० हजार कित्ता | 
| केदारनाथ शर्मा | ६० हजार कित्ता | ||
| डम्बरबहादुर तामाङ | ६० हजार कित्ता | ||
| धनबहादुर तामाङ | ६० हजार कित्ता | ||
| दिपक लामा | ६० हजार कित्ता | 
सहकारी संकट-१
सहकारी संकट-२
सहकारी संकट-३
सहकारी संकट-४
सहकारी संकट-५
 
                









 
                     
                                     
                                 
 
 
 
 
 
                                                         
                                                         
                                                         
                                                         
                                                         
                                                         
                                                         
                                                         
                                                         
                                                         
                                                         
                                                         
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4