+
+
Shares

६ केबुलकार सहित २० आयोजना ‘राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना’ मा सूचीकृत

सरकारले औद्योगिक ग्राम, औद्योगिक क्षेत्र, विशेष आर्थिक क्षेत्र, सुक्खा बन्दरगाह, पेट्रोलियम पाइपलाइन तथा निजी क्षेत्रबाट सञ्चालन हुने केबुलकार आयोजनालाई राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनामा सूचीकृत गरेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज ८ गते १८:४०

८ असोज, काठमाडौं । सरकारले ६ केबुलकार सहित सरकारी तथा निजी लगानीका २० आयोजनालाई राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनामा सूचीकृत गरेको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार मन्त्रिपरिषद्ले औद्योगिक ग्राम, औद्योगिक क्षेत्र, विशेष आर्थिक क्षेत्र, सुक्खा बन्दरगाह, पेट्रोलियम पाइपलाइन तथा निजी क्षेत्रबाट सञ्चालन हुने केबुलकार आयोजनालाई राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनामा सूचीकृत गरेको हो ।

मन्त्रालयका अनुसार औद्योगिक ग्राममध्ये बराह क्षेत्र औद्योगिक ग्राम सुनसरी र जोरायल औद्योगिक ग्राम डोटी अब राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना बनेका छन् ।

औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड अन्तर्गतका दमक औद्योगिक क्षेत्र, मयूरधाप औद्योगिक क्षेत्र मकवानपुर, शक्तिखोर औद्योगिक क्षेत्र चितवन, लक्ष्मीपुर औद्योगिक क्षेत्र दाङ, मोतीपुर औद्योगिक क्षेत्र रुपन्देही, नौबस्ता औद्योगिक क्षेत्र बाँके र दैजी औद्योगिक क्षेत्र कञ्चनपुर समेत यो सूचीमा समावेश भएका छन् ।

विशेष आर्थिक क्षेत्र प्राधिकरण अन्तर्गतका पाँचखाल विशेष आर्थिक क्षेत्र काभ्रे र हरैया विशेष आर्थिक क्षेत्र कैलालीलाई समेत सरकारले यो सूचीमा राखेको छ । नेपाल इन्टरमोडल यातायात विकास समिति मातहत दोधारा चाँदनी सुक्खा बन्दरगाह, एकीकृत जाँच चौकी कञ्चरपुरलाई यो सूचीमा राखिएको छ ।

नेपाल आयल निगम अन्तर्गत भारत सिलिगुडीदेखि झापा चारआलीसम्म पेट्रोलियम पाइपलाइन तथा ग्रिन फिल्ड टर्मिनल निर्माण आयोजना यो सूचीमा परेको छ ।

यसैगरी अमलेखगञ्जदेखि चितवन लोथरसम्म पेट्रोलियम पाइपलाइन विस्तार तथा ग्रिन फिल्ड टर्मिनल निर्माणलाई समेत सरकारले यो सूचीमा राखेको छ ।

निजी क्षेत्रबाट सञ्चालन हुने आधा दर्जन केबुलकार आयोजनालाई सरकारले प्राथमिकता प्राप्त आयोजनामा समावेश गरेको छ । सत्यवती दर्शन प्रालि पाल्पा, सानो पाथीभरा केबुलकार इलाम, सिक्लेस अन्नपूर्ण केबुलकार कास्की, ड्रिम्स हिल्स प्रालि देवघाट चितवन, सुपादेउराली केबुलकार अर्घाखाँची र सूर्यकुण्ड गोसाइकुण्ड केबुलकार सिन्धुपाल्चोकलाई सरकारले यो सूचीमा राखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?