
News Summary
Generated by OK AI. Editorially reviewed.- नेपालमा पहिलोपटक विराटनगर भन्सारमा भन्सार मूल्याङ्कन डाटाबेस प्रणाली सञ्चालनमा आएको छ।
- अर्थमन्त्री रामेश्वर खनालले भन्सार मूल्याङ्कन डाटाबेस प्रणालीको उद्घाटन गर्नुभयो।
- यस प्रणालीले भन्सार प्रक्रियालाई छिटोछरितो, पारदर्शी र कम जोखिमपूर्ण बनाउनेछ।
८ असोज, विराटनगर। नेपालमा पहिलो पटक विराटनगर भन्सारमा भन्सार मूल्याङ्कन डाटाबेस प्रणाली सञ्चालनमा आएको छ । अर्थमन्त्री रामेश्वर खनालले भन्सार मूल्याङ्कन डाटाबेस प्रणालीको उद्घाटन गरे ।
भन्सार प्रशासनमा पारदर्शीता बढाउन अनलाइन डाटाबेस प्रणाली लागु गरिएको हो । यसले भन्सार प्रक्रियालाई छिटोछरितो र कम जोखिमपूर्ण बनाउने अर्थमन्त्री खनालले बताए । उनले करको दर नभई दायरा फराकिलो बनाएर आर्थिक वृद्धि हासिल गर्ने सरकारको लक्ष्य रहेको बताए ।
भन्सार विभागका महानिर्देशक श्यामप्रसाद भण्डारीका अनुसार नयाँ प्रणालीले वस्तुको मूल्याङ्कन प्रक्रियालाई सुधार गर्नेछ । पारदर्शी र कम जोखिमपूर्ण पनि हुने उनको भनाइ छ । भन्सार मूल्याङ्कन डाटाबेस प्रणालीले सम्भावित अनियमितता पनि नियन्त्रण गर्ने उनले बताए ।
वस्तुको मूल्यांकनमा सफ्टवेयरमा आर्टिफिसियल इन्टेलिजेन्स पनि प्रयोग गर्ने योजना रहेको उनले बताएका छन् । विराटनगरमा पाइलट कार्यक्रमका रुपमा सञ्चालन गरिएको उनले बताए ।
प्रतिक्रिया 4