
७ असोज, काठमाडौं । गृह मन्त्रालयले काठमाडौंको प्रमुख जिल्ला अधिकारीमा ईश्वरराज पौडेललाई पठाएको छ ।
हालका प्रमुख जिल्ला अधिकारी छविराज रिजाल जेनजी आन्दोलनपछि कार्यालय गएका थिएनन् । त्यसपछि रिक्त रहेको ठाउँमा पौडेललाई पठाइएको मन्त्रालय स्रोतले अनलाइनखबरलाई बतायो ।
पौडेल २०७४ सालमा गठित उच्चस्तरीय सुन तस्करी छानबिन समितिका समेत संयोजक थिए । उनी नेतृत्वको टोलीले गरेको छानबिनपछि ३८ क्वीन्टल सुन तस्करी भएको विवरण फेला परेको थियो ।
यो समितिले अनुसन्धानमा संलग्न तत्कालीन उपत्यका अपराध अनुसन्धान कार्यालयकै अधिकारीहरुलाई समेत आरोपित बनाउँदै मुद्दा चलाउन सिफारिस गरेपछि आलोचना समेत भएको थियो । सुन समितिले प्रतिवेदन बुझाएलगत्तै उनले भारतको कोलकातामा महावाणिज्यदूत बन्ने अवसर पाएका थिए ।
समितिका तत्कालीन सदस्य वसन्त लामाले काठमाडौं प्रहरी प्रमुखको जिम्मेवारी पाएका थिए । लामा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) भएर अवकाशमा गइसकेका छन् ।
यसअघि भुलवस फोटो अर्को पर्न गएकोमा क्षमायाचनासहित सच्याइएको छ–सम्पादक
प्रतिक्रिया 4