+
+
Shares

माओवादी बैठकको उदघाटनमै होहल्ला, पत्रकारलाई बाहिर निकालियो

महासचिव देव गुरुङले पत्रकारहरुलाई बाहिर गइदिन भनेका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज ९ गते १२:३०
बैठक हलमा रञ्जित तामाङ

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकको सुरुमै सदस्यहरुले प्रत्येकले बोल्न पाउनुपर्ने माग राख्दा होहल्ला भएको थियो।
  • महासचिव देव गुरुङले पत्रकारहरुलाई बैठक हलबाट बाहिर जान भनेका छन्।
  • बैठकमा विशेष महाधिवेशन, आम निर्वाचन र पार्टी एकता विषयमा छलफल हुने एजेण्डा प्रस्तुत गरिएको छ।

९ असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकको सुरुमै होहल्ला भएको छ ।

होहल्लापछि पत्रकारहरुलाई बाहिर निकालिएको छ । बैठक उदघाटन समारोहको रिपोर्टिङ गर्न पत्रकारहरु गएका थिए ।

बैठकको सुरुमै नेताहरु सुदन किराँती, रञ्जित तामाङ लगायतले बैठकमा प्रत्येक सदस्यहरु बोल्न पाउनुपर्ने माग राखेका थिए । तर पार्टीले भौगोलिक र गैरभौगोलिक समूहमा छलफल गरेर टोली नेताले बैठकमा धारणा राख्ने तयारी गरिएको थियो । त्यसको विरोध गर्दै प्रत्येक सदस्यले बोल्न पाउनुपर्ने माग उठेपछि बैठक हलमा होहल्ला भएको थियो ।

त्यसपछि महासचिव देव गुरुङले पत्रकारहरुलाई बाहिर गइदिन भनेका हुन् ।

बैठकमा महासचिव गुरुङले बैठकका एजेण्डा प्रस्तुत गरेका छन् । विशेष महाधिवेशन, आम निर्वाचन, पार्टी एकता लगायत विषय बैठकका एजेण्डा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?