
काठमाडौं । जी मोटर्स प्रालिले नेपालमा विद्यमान आर्थिक मन्दी र देशभरि भएका अपूरणीय क्षतिका कारण सवारीसाधन गुमाएका नेपालीलाई लक्षित गर्दै ‘स्काइवेल जी मोटर्स परिवार’ ले एक विशेष योजना घोषणा गरेको छ ।
दशैं र दैनिक तथा व्यावसायिक साझेदारी सहज बनाउने उद्देश्यले कम्पनीले तत्काल नयाँ स्काइवेल ईभी डेलिभरी गर्ने विशेष योजना ल्याएको हो ।
जी मोटर्सका अनुसार यो योजना विषम परिस्थिति मध्यनजर गर्दै ग्राहकलाई सहयोगी बन्न ल्याइएको हो । यस योजनामा सहभागी हुन इच्छुक ग्राहकले आफ्नो नजिकमा रहेको स्काइवेलको शोरुममा गई आफ्नो क्षतिग्रस्त सवारीसाधनको प्रमाणित बीमा क्लेमको कागजात बुझाउनुपर्ने छ । कागजात बुझाए लगत्तै ग्राहकले तुरुन्तै नयाँ गाडी डेलिभरी लिन सक्नेछन् ।
यस योजना अन्तर्गत ग्राहकको अपूरणीय क्षति मनन गर्दै कम्पनीले १० लाखसम्मको विशेष सहयोग पनि दिने जनाएको छ । यसका साथै हरेक स्काइवेल ईभी खरिदमा आइफोन १७ पनि प्राप्त हुने कम्पनीको भनाइ छ ।
प्रतिक्रिया 4