+
+
Shares

शिक्षामन्त्री पुनले सीटीईभीटीलाई दिए चार निर्देशन

शिक्षामन्त्री पुनले सामाजिक सञ्जाल फेसबुकमा राख्‍दै सीटीईभीटीलाई तत्कालय कार्यान्वयन गर्न निर्देशन दिएका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज ९ गते २१:२२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले सीटीईभीटीलाई असोज मसान्त भित्र पाठ्यक्रम सुधार गरी नवप्रवर्तन समावेश गर्न निर्देशन दिएका छन्।
  • उनले सीटीईभीटीलाई एकीकृत क्यालेन्डर बनाउन र परीक्षाको नतिजा तीन महिनाभित्र प्रकाशन गर्न भनेका छन्।
  • पुनले गुनासो सुन्ने शाखा तुरुन्त सञ्चालनमा ल्याउन र २०६९ देखि सम्बन्धन आवेदन छानबिन गरी रिपोर्ट पेश गर्न निर्देशन दिएका छन्।

९ असोज, काठमाडौं । शिक्षा,विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्(सीटीईभीटी) लाई तत्कालय कार्यान्वयन गर्न ४ वटा निर्देशन दिएका छन् ।

शिक्षामन्त्री पुनले सामाजिक सञ्जाल फेसबुकमा राख्‍दै सीटीईभीटीलाई तत्कालय कार्यान्वयन गर्न निर्देशन दिएका हुन् ।

उनले पहिलो नम्बरमा मौजुदा पाठ्यक्रमलाई सुधार गरी नवप्रवर्तनलाई समावेश गर्न खाका तयार गरी असोज मसान्त भित्र पेश गर्न सीटीईभीटीलाई निर्देशन दिएका छन् ।

यस्तै दोस्रो नम्बरमा एकीकृत क्यालेन्डर बनाउने र परीक्षाको नतिजा तीन महिनाभित्र अनिवार्य रूपमा प्रकाशन गर्ने व्यवस्था गर्न भनेका छन् ।

यसैगरी सीटीईभीटी कार्यालयमा विद्यार्थी, अभिभावक र शिक्षकहरूको गुनासो सुन्ने र प्राप्त गुनासोको अभिलेखीकरण र सम्बोधन गर्ने शाखा तुरुन्त बनाई सञ्चालनमा ल्याउन तेस्रो नम्बरको निर्देशन दउनले दिएका छन् ।

अन्तिममा भने २०६९ सालदेखि अहिलेसम्म सम्बन्धनको लागि प्राप्त भएका सम्पूर्ण आवेदनहरू छानबिन गरी असोज मसान्तभित्र रिपोर्ट पेश गर्ने र सम्बन्धन दिने/नदिने निर्णय तुरुन्त गर्न समेत शिषामन्त्री पुनले निर्देशन दिएका छन् ।

यसअघि उनले त्रिविलाई तीनमहिनाभित्र विद्यार्थीले दिएको परीक्षाको नतिजा प्रकाशन नगरे अनुदान रोक्‍ने चेतावनी दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?