+
+
Shares

नेताका पासपोर्ट रोक्काबारे गृहमन्त्री– अनुसन्धान गर्ने निकायले सबै गर्छ

सुशासनमा खुट्टा नटेक्दा र भ्रष्टाचारविरुद्ध नलड्दा केपी शर्मा ओली नेतृत्वको सरकार ढलेको भन्दै वर्तमान सरकार पनि सुशासन र चुनाव गर्ने भनी पाएको म्यान्डेट पूरा नगरे जेनजीले प्रश्न उठाउने उनले बताए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज ९ गते २२:२४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गृहमन्त्री ओमप्रकाश अर्यालले सरकारले मुलुकमा सुशासन कायम गर्न दह्रोसँग खुट्टा टेक्ने दाबी गरेका छन्।
  • जेनजी प्रदर्शनमा गोली चलाउन आदेश दिने र गोली चलाउनेमाथि कारबाही हुने वा नहुने विषय आयोगको फ्याक्ट फाइन्डिङपछि निर्णय हुने उनको भनाइ छ।
  • निवर्तमान प्रधानमन्त्री केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकसहित शीर्ष नेताको पासपोर्ट रोक्का गर्न आवश्यक सबै कदम चालिने गृहमन्त्री अर्यालले बताएका छन्।

९ असोज, काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले मुलुकमा सुशासन कायम गर्न सरकारले दह्रोसँग खुट्टा टेक्ने दाबी गरेका छन् । सुशासनका लागि अनुसन्धान गर्ने सबै निकाय सक्रिय भइसकेको उनको भनाइ छ ।

बिहीबार मन्त्रिपरिषद् बैठकपछि बाहिरिनेक्रममा सञ्चारकर्मीसँग कुरा गर्दै गृहमन्त्री अर्यालले विगतको सरकारले सुशासन कायम गर्न नसकेकाले बर्हिगमित हुनुपरेको बताए ।

‘प्रधानमन्त्रीज्यूले भनिसक्नुभो, सुशासनको मामिलामा, भ्रष्टाचारको विरुद्धमा यो सरकारले खुट्टा टेक्छ, राम्रैसँग खुट्टा टेक्छ, यदि सुशासनमा खुट्टा टेकेन भने पाँच वर्षको म्यान्डेट पाएको सरकार पनि बीचैमा उसको म्यान्डेट भंग भयो नि,’ उनले भने ।

सुशासनमा खुट्टा नटेक्दा र भ्रष्टाचारविरुद्ध नलड्दा केपी शर्मा ओली नेतृत्वको सरकार ढलेको भन्दै वर्तमान सरकार पनि सुशासन र चुनाव गर्ने भनी पाएको म्यान्डेट पूरा नगरे जेनजीले प्रश्न उठाउने उनले बताए ।

जेनजी प्रदर्शनमा भएको दमनको छानबिनका लागि जाँचबुझ आयोग गठन भएको बताउँदै उनले तथ्यका आधारमा अघि बढ्ने बताए ।

जेनजी प्रदर्शनमा गोली चलाउन आदेश दिने र गोली चलाउनेमाथि कारबाही हुन्छ कि हुँदैन भन्ने प्रश्नमा गृहमन्त्री अर्यालले भने, ‘कतिपय विषयवस्तु अहिलेदेखि हुनसक्ला, कतिपय विषयवस्तु आयोगले फ्याक्ट फाइन्डिङ गरेपछि हुन्छ ।’

निवर्तमान प्रधानमन्त्री केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकसहित शीर्ष नेताको पासपोर्ट रोक्का गर्न लागिएको सन्दर्भमा गृहमन्त्री अर्यालले आवश्यक सबै कदम चाल्ने बताएका हुन् ।

‘अनुसन्धान गर्ने निकायले के के रोक्का गर्नुपर्छ, त्यति मात्रै किन ? पक्राउ पनि गर्नुपर्ने होला, बयान पनि ल्याउनुपर्ने होला, जे हुन्छ त्यो अनुसन्धान गर्ने निकायले गर्ने हो,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?