+
+
Shares

जेनजी जाँचबुझ आयोगको निर्णय- ‘क्षतिको विवरण संकलन गर्ने’

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज ९ गते १८:१०

९ असोज, काठमाडाैं ।  विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्कीको नेतृत्वमा गठित जाँचबुझ आयोगले आफ्नो काम थालेको छ ।

कार्की सहित आयोगका सदस्यहरू विज्ञानराज शर्मा र विश्वेश्वर भण्डारीले क्षतिको विवरण संकलन गर्ने निर्णय गरेका हुन् ।

जलवायु तथा विज्ञान विभागको भवन, बबरमहलमा आफ्नो कार्यालय स्थापना गरेर आयोगले क्षतिको विवरण संकलन र माग गर्ने निर्णय गरेको हो ।

आयोगले विभिन्न निकायहरूलाई केन्द्र तोकेर क्षतिको विवरण ती निकायबाट संकलन गर्ने निर्णय गरेको हो । आयोगले भौतिक र मानवीय क्षतीको विवरण संकलन गर्ने भनेको छ ।

सर्वोच्च र देशभरका अदालतले सर्वोच्च अदालतमार्फत् आयोगलाई विवरण बुझाउने छन् । अरु सरकारी निकायहरूले गृह मन्त्रालयमार्फत विवरण बुझाउनेछन् ।

स्थानीय सरकारका लागि संघीय मामीला तथा सामान्य प्रशासन मन्त्रालय तोकिएको छ । व्यापारिक प्रतिष्ठान र निजी सम्पत्ति क्षति हुनेले सोझै विवरण पठाउन पाउनेछन् ।

आयोगले सूचना संकलनका लागि sep8and9incident.ic@gmail.com को इमेल तोकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?