+
+
Shares

विनिमयदर : अमेरिकी डलरसहित अधिकांश विदेशी मुद्राको मूल्य घट्यो

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज १० गते ६:१४

१० असोज, काठमाडौं । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विनिमयदर अनुसार आज अधिकांश विदेशी मुद्राको मूल्य घटेको छ ।

अमेरिकी डलर, युरो, पाउन्ड स्टर्लिङ, स्विस फ्रैंक, अष्ट्रेलियन डलर, क्यानेडियन डलर, सिंगापुर डलर लगायतको मूल्य हिजोको तुलनामा आज घटेको छ ।

राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ५७ पैसा र बिक्रीदर १४२ रुपैयाँ १७ पैसा निर्धारण गरिएको छ । हिजो अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ६१ पैसा र बिक्रीदर १४२ रुपैयाँ २१ पैसा थियो ।

युरोपियन युरोको मूल्य पनि हिजोको तुलनामा आज घटेको छ । आज युरोपियन युरो एकको खरिददर १६६ रुपैयाँ २४ पैसा र बिक्रीदर १६६ रुपैयाँ ९४ पैसा छ । हिजो युरोपियन युरो एकको खरिददर १६६ रुपैयाँ ४० पैसा र बिक्रीदर १६७ रुपैयाँ १० पैसा थियो ।

युके पाउण्ड स्टर्लिङको मूल्य पनि घटेको छ । आज युके पाउण्ड स्टर्लिङ एकको खरिददर १९० रुपैयाँ १७ पैसा र बिक्रीदर १९० रुपैयाँ ९८ पैसा छ । हिजो युके पाउण्ड स्टर्लिङ एकको खरिददर १९० रुपैयाँ ६५ पैसा र बिक्रीदर १९१ रुपैयाँ ४६ पैसा थियो ।

यसैगरी स्वीस फ्रयाङ्क एकको खरिददर १७७ रुपैयाँ ८७ पैसा र बिक्रीदर १७८ रुपैयाँ ६३ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ९३ रुपैयाँ २५ पैसा र बिक्रीदर ९३ रुपैयाँ ६५ पैसा, क्यानेडियन डलर एकको खरिददर १०१ रुपैयाँ ८९ पैसा र बिक्रीदर १०२ रुपैयाँ ३२ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०९ रुपैयाँ ८३ पैसा र बिक्रीदर ११० रुपैयाँ २९ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ५१ पैसा र बिक्रीदर नौ रुपैयाँ ५५ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ८७ पैसा र बिक्रीदर १९ रुपैयाँ ९६ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपैयाँ ७५ पैसा र बिक्रीदर ३७ रुपैयाँ ९१ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ ८४ पैसा र बिक्रीदर ३९ रुपैयाँ कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ४० पैसा र बिक्रीदर चार रुपैयाँ ४२ पैसा, युएई दिराम एकको खरिददर ३८ रुपैयाँ ५४ पैसा र बिक्रीदर ३८ रुपैयाँ ७१ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३३ रुपैयाँ ६२ पैसा र बिक्रीदर ३३ रुपैयाँ ७७ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ ०९ पैसा र बिक्रीदर १० रुपैयाँ १३ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ०५ पैसा र बिक्रीदर १५ रुपैयाँ ११ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ २७ पैसा र बिक्रीदर २२ रुपैयाँ ३७ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ २० पैसा र बिक्रीदर १८ रुपैयाँ २८ पैसा, कुवेती दिनार एकको खरिददर ४६३ रुपैयाँ ५१ पैसा र बिक्रीदर ४६५ रुपैयाँ ४७ पैसा, बहराइन दिनार एकको खरिददर ३७५ रुपैयाँ ४७ पैसा र बिक्रीदर ३७७ रुपैयाँ ०६ पैसा, ओमनी रियाल एकको खरिददर ३६७ रुपैयाँ ७० पैसा र बिक्रीदर ३६९ रुपैयाँ २५  पैसा रहेको छ । भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।

राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?