+
+
Shares

राजेश हमालको पुस्तक ‘युगदेखि युगसम्म’ असोज २५ देखि बजारमा

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज १० गते ११:५७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अभिनेता राजेश हमालको जीवन र सिनेमा समेटिएको पुस्तक ‘युगदेखि युगसम्म’ असोज २५ देखि बजारमा आउने भएको छ।
  • पुस्तक दशैंको कोसेलीस्वरूप भदौमा सार्वजनिक गर्ने तयारी गरिए पनि राजनीतिक घटनाक्रमले मिति सारिएको छ।
  • पुस्तकमा हमालको ३५ वर्षे फिल्म करिअर, व्यक्तिगत जीवन र समाजका विषय समेटिएका छन् र लेखक यज्ञशसँगको सहकार्यमा तयार पारिएको छ।

काठमाडौं । अभिनेता राजेश हमालको जीवन, सिनेमा र जीवनका विविध आयाम समेटिएको पुस्तक ‘युगदेखि युगसम्म’ यही असोज २५ देखि बजारमा आउने भएको छ ।

दशैंको कोसेलीस्वरूप भदौमा पुस्तक सार्वजनिक गर्ने तयारी गरिए पनि पछिल्लो समय देशमा विकसित राजनीतिक घटनाक्रमका कारण पुस्तक सार्वजनिक गरिने मिति सारिएको हो ।

यसअघि अभिनेता हमालको जन्मदिनको अवसरमा पुस्तकको आवरणसमेत अनावरण गरिसकिएको छ ।

‘बहुप्रतीक्षित एवम् महत्वाकाङ्क्षी साहित्यिक घटनामध्ये एक, हमालको पुस्तक ‘युगदेखि युगसम्म’ सार्वजनिक मिति घोषणा गर्न पाउँदा हामी हर्षित छौं,’ फाइनप्रिन्टका नीरज भारीले भने, ‘यस पुस्तकमा लामो समयदेखि काम भइरहेको थियो, यसपालि पाठकलाई गजबको कोसेली दिने हाम्रो अभिप्राय छ । प्रकाशन यात्रामा हाम्रा लागि विशेष अर्थ राख्ने पुस्तक हो यो ।’

हमालको ३५ वर्ष लामो फिल्म करिअर, अहिलेसम्म सार्वजनिक नभएको उनको व्यक्तिगत जीवन, परिवार एवम् समाज र अन्य विभिन्न विषय पुस्तकमा समेटिएको छ ।

लेखक एवम् पत्रकार यज्ञशसँगको सहकार्यमा पुस्तक तयार पारिएको प्रकाशक फाइनप्रिन्टले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?