+
+
Shares

भवन जलेपछि प्रदेशसभाको अधिवेशन अन्त्य

गत भदौ १५ गते प्रदेशसभाको ४० औं बैठक बसेको थियो । सो बैठकले अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित गरेको थियो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज १० गते १५:१०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कोशी प्रदेशसभाको सातौँ तथा चालु बजेट अधिवेशन १० असोजमा अन्त्य भएको छ।
  • २४ भदौमा अराजक समूहले प्रदेशसभा भवन र सचिवालय जलाएपछि बैठक स्थगित गरिएको थियो।
  • प्रदेशसभा भवन र सचिवालयका लागि विराटनगरमा कार्यालय खोजी गर्ने कार्य जारी छ।

१० असोज, विराटनगर। कोशी प्रदेशसभाको सातौ‌ तथा चालु बजेट अधिवेशन अन्त्य भएको छ ।

गत भदौ १५ गते प्रदेशसभाको ४० औं बैठक बसेको थियो । सो बैठकले अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित गरेको थियो ।

जेनजी आन्दोलनका क्रममा २४ भदौमा अराजक समूहले प्रदेशसभा भवन र सचिवालय जलाएपछि बैठक कहाँ राख्ने भन्ने अन्योल थियो ।

आगजनीबाट प्रदेशसभा भवन ध्वस्त भएको छ । सचिवालय भवन पनि प्रयोग गर्न नमिल्ने अवस्थामा छ।

अन्योलताकाबीच शुक्बार बसेको प्रदेश मन्त्रीपरिषद् बैठकले आज रातिबाटै चालु अधिवेशन अन्त्यका लागि प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

प्रदेशसभा च प्रदेशसभा भवन र सचिवालयका लागि विराटनगरमा कार्यालय खोजी गर्ने कार्य जारी छ ।

विराटनगरको वीरेन्द्रसभा गृह र कटहरी गाउँपालिकामा रहेको कृषि बजारको भवनमा सचिवालय र प्रदेशसभा भवन सञ्चालन गर्ने विकल्पको रुपमा प्रस्तुत भएको छ । तर निर्णय भइसकेको छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?