
११ असोज, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेन सार्वजनिक बस चढेर गृह जिल्ला झापा गएका छन् ।
उनी दशैं मनाउन झापा गएका हुन् । पार्टी प्रवक्ता मोहन श्रेष्ठका अनुसार माइक्रो बस चढेर लिङदेन झापा पुगेका हुन् ।
‘नेताहरू जनतासँग हिँड्नै सक्दैनन् भन्ने सुनिन्छ, तर त्यस्तो होइन,’ श्रेष्ठले भने, ‘हाम्रो पार्टीका नेताहरुले पनि सार्वजनिक बसबाटै यात्रा गर्नु हुन्छ, अध्यक्षज्यूले पनि सार्वजनिक बसको टिकट काटेरै आज झापा पुग्नुभयो ।’
श्रेष्ठले नेकपा एमालेका अध्यक्ष ओलीसँग लिङ्देनको तुलना गरेर स्टाटस नै लेखेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4