+
+
Shares

मुग्लिन–नारायणगढ सडकखण्डको पहिरो पन्छाउन ढिलाइ, घण्टौंदेखि बाटोमै अलपत्र यात्रु

चाडपर्वको अवसर पारेर हिँडेका कयौं यात्रुहरू पहिरोका कारण बिच बाटोमै अलपत्र परेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज १३ गते १७:५३

१३ असोज, काठमाडौं । मुग्लिन–नारायणगढ सडकखण्डको तुइन खोला पुलनेर खसेको पहिरोका कारण यात्रुहरु अलपत्र परेका छन् । आज बिहान ७ बजेतिर खसेको सानो पहिरो पन्छाएर बाटो खुलाइए पनि दिउँसो साढे १२ बजेतिर ठूलो पहिरो खसेपछि दुईतर्फी सडक बन्द भएको हो ।

पहिरो झरिरहेकाले पन्छाउन समय लागेको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ । पहिरो पन्छाउन ३ वटा उपकरण प्रयोग गरिएको छ ।

‘छिटोभन्दा छिटो सवारी आवागमन दुईतर्फी सुचारू गर्नका लागि निरन्तर रूपमा पहिरो पन्छाउने कार्य भैरहे पनि पहिरो झर्ने क्रम नरोकिएकाले थप समय लाग्ने आंकलन गरिएको छ’ कार्यालयले भनेको छ ।

चाडपर्वको अवसर पारेर हिँडेका कयौं यात्रुहरू पहिरोका कारण बिचबाटोमै अलपत्र परेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?