+
+
Shares

सिरिज कब्जा गर्ने नेपाली क्रिकेट टोलीलाई प्रचण्डको बधाई

दुई पटकको विश्वकप विजेता तथा टेस्ट मान्यता प्राप्त वेस्ट इन्डिज टिमसँगको त्रिदिवसीय सिरिजमा लगातार दुई खेल जित्दै नेपाली राष्ट्रिय क्रिकेट टोलीले सिरिज कब्जा गर्न सफल भएको छ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज १४ गते ९:१५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई वेस्ट इन्डिजसँगको त्रिदिवसीय सिरिज लगातार दुई खेल जितेर कब्जा गरेकोमा बधाई दिएका छन्।
  • प्रचण्डले संकटको घडीमा आशा र उत्साह जगाउने ऐतिहासिक प्रदर्शनले नेपालको छवि र गौरवलाई नयाँ उचाइमा पुर्‍याएको विश्वास व्यक्त गरे।
  • उनले राष्ट्रिय गौरवका आयोजना रंगशालाहरूको पूर्वाधार निर्माण कार्यलाई प्राथमिकताका साथ अघि बढाउन सरकारको ध्यानाकर्षण पनि गराएका छन्।

१४ असोज, काठमाडौं । पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले त्रिदिवसीय सिरिजमा लगातार दुई खेल जित्दै सिरिज कब्जा गर्न सफल भएकोमा नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बधाई दिएका छन्।

दुई पटकको विश्वकप विजेता तथा टेस्ट मान्यता प्राप्त वेस्ट इन्डिज टिमसँगको त्रिदिवसीय सिरिजमा लगातार दुई खेल जित्दै नेपाली राष्ट्रिय क्रिकेट टोलीले सिरिज कब्जा गर्न सफल भएकोमा बधाई दिएका हुन्।

संकटको घडीमा आशा र उत्साह जगाउने ऐतिहासिक प्रदर्शनले नेपालको छवि र गौरवलाई नयाँ उचाइमा पुर्‍याएको प्रचण्डको विश्वास छ।

आफू नेतृत्वको सरकारले राष्ट्रिय गौरवका आयोजनाका रूपमा अघि बढाएका रंगशालाहरूको पूर्वाधार निर्माण कार्यलाई अझ प्राथमिकताका साथ अघि बढाउन प्रचण्डले सरकारको ध्यानाकर्षण पनि गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?