+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

मधेशका शक्तिपीठमा खोइछ भर्ने महिलाको भीड

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज १४ गते ११:५०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मधेशका शक्तिपीठहरूमा बडा दशैंको सप्तमी र महाअष्टमीको अवसरमा महिलाहरूले खोइछ भर्ने र लड्डु चढाउने गर्दछन्।
  • जनकपुरधामको राजदेवी मन्दिरमा मध्यरातिदेखि हजारौं महिलाले खोइछ भरेका छन् र अझै लाम लागेका छन्।
  • खोइछ भराइमा चुन्दरीमा पान, सुपारी, सिन्दुर, चुरा, फलफूल राखेर माताको खुट्टामा चढाउने परम्परा छ।

१४ असोज, जनकपुरधाम। मधेशका शक्तिपीठहरूमा खोइछ भर्ने महिला तथा लड्डु चढाउने श्रद्धालुको भीड लागेको छ।

बडा दशैंको सप्तमी र महाअष्टमीको अवसरमा महिलाहरूले शक्तिपीठहरूमा श्रद्धापूर्वक दुर्गा नव दुर्गा भवानीको ‘खोइछ’भर्ने गर्दछन्। जनकपुरधामको प्रसिद्ध राजदेवी मन्दिरमा आज मध्यरातिदेखि नै हजारौं महिलाहरूले खोइछ भरेका छन्।

हजारौं महिला खोइछ भर्न अझै पनि लाममा छन्। पति र सन्तान रक्षा तथा चिरायुको कामना गर्दै महिलाहरूले सतमी र महाअष्टमीको दिन खोइछ भर्ने गर्दछन्।

खोइछ भराइमा शक्तिपीठहरूमा चुन्दरी ओच्छयाएर त्यसमाथि पान, सुपारी, सिन्दुर, चुरा, फलफूल र अन्य पुजा सामग्री राखेर महिलाहरू विशेष पूजा गर्ने गर्छन्।

चुन्दरीमा सबै सामग्री बांधेर माताको खुट्टामा चढाइउने विधिलाई ‘खोइछ भराइ’ भनिन्छ।

जनकपुरधामको राजदेवी धनुषाकै रामानन्दचोकसहित मधेशका शक्तिपीठहरूमा हिजैदेखि खोइछ भर्ने महिलाको भीड छ। यस्तै अन्यले भने सप्तमी र अष्टमीमा भने लड्डु समेत चढाउने गरिन्छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?