+
+
Shares

काठमाडौंमा चहलपहल घट्दै

उपत्यकामा सञ्चालन हुने सार्वजनिक सवारीसाधनमा देखिने यात्रुको भीड कम हुँदै गएको छ। तथापि, सार्वजनिक सवारी चलिरहेका छन्।

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज १५ गते १०:५६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौं उपत्यकामा दशैंको आगमनसँगै दैनिक सवारी चापमा करिब ४० देखि ५० प्रतिशतसम्म कमी आएको छ।
  • उपत्यकामा सार्वजनिक सवारीसाधनमा यात्रुको भीड कम हुँदै गएको छ, तर सवारीहरू भने सञ्चालन भइरहेका छन्।
  • दशैंको अवसरमा धेरै मानिस गाउँ फर्किएपछि काठमाडौंका मुख्य सडकहरू खाली भएका छन् र वातावरण उल्लासमय बनेको छ।

१५ असोज, काठमाडौं। संघीय राजधानी काठमाडौंमा चहलपहल घट्दै गएको छ।

दशैंको आगमनसँगै राजधानी उपत्यकाबाट आआफ्नो थातथलो जानेक्रम जारी छ। दैनिक सवारी चापमा करिब ४० देखि ५० प्रतिशतसम्म कमी आएको छ।

उपत्यकामा सञ्चालन हुने सार्वजनिक सवारीसाधनमा देखिने यात्रुको भीड कम हुँदै गएको छ। तथापि, सार्वजनिक सवारी चलिरहेका छन्।

विगतका दशैंहरूमा नवमीको दिनसम्म आइपुग्दा चहलपहल निकै कम भइसकेको हुन्थ्यो। तर, यस वर्ष भने केही चहलपहल देखिन्छ। खुद्रा पसल, फलफुल पसल, कपडा पसल, कस्मेटिक पसल खुलै छन्। सडकमा सवारीको दोहोरो आवागमन समेत भइरहेको छ।

वर्षभरि रोजगारी, अध्ययन, व्यापार तथा अन्य विभिन्न कारणले राजधानीमा रहेकाहरू दशैंका अवसरमा आआफ्नो गाउँ फर्किएका छन्। लामो समयपछि परिवारसँग पुनर्मिलनको आशा, आफ्नै गाउँको माटोको सुवास, चाडपर्वको स्वाद र बाल्यकालका सम्झनाले सबैलाई तानेको छ।

सहरी भव्यता र व्यस्त जीवनशैलीबाट केही दिनका लागि टाढा हुँदै गाउँ फर्किने क्रमसँगै राजधानी सुनसान हुने हो।

सदाझैं निकै सवारी चाप हुने काठमाडौँका मुख्य सडकमा सवारी चाप भने घटेको छ। उपत्यकामा दैनिक सवारी चापमा करिब ४० देखि ५० प्रतिशतसम्मको कमी आएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नवराज अधिकारीले बताएका छन्।

उनले भनेका छन्, दशैंका बेला धेरैजसो मानिस गाउँ फर्किसकेका छन्, त्यसैले सडक अघिल्ला दिन भन्दा खाली भएका छन्, तर ट्राफिक सुरक्षाको दृष्टिले हामी अझै पनि उच्च सतर्कतामा छौं।’

गाउँघर भने दशैंको आगमनसँगै वातावरण उल्लासमय बन्न थालेका छन्। घरआँगनमा टिका र जमरा छर्ने तयारी भइरहेको तथा आआफ्नो धर्म, परम्परा र संस्कारअनुसार चाडको स्वागत भइरहेका दृश्य तथा तस्वीर सामाजिक सञ्जालमा प्रशस्त देखिन थालेका छन्।

परदेशी मन घर फर्किएसँगै वृद्ध बाबुआमा, दाजुभाइ, दिदीबहिनी तथा नातागोता सबैबीच पुन:भेटको भावनात्मक क्षणहरू साटासाट भइरहेका छन्।

दशैंको रमाइलो केबल टीका र मीठा परिकारमा सीमित छैन, यो एकपटक फेरि परिवारसँग बिताउने, पुराना सम्झनालाई जीवन्त बनाउने र समाजमा मेलमिलाप र एकता बढाउने पर्व पनि भएकाले प्राय: गरी परदेशीएकाहरू गाउँघर फर्किने गर्दछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?