+
+
Shares

प्रधानमन्त्री कार्की जेनजी आन्दोलनका शहीद परिवारलाई भेट्दै

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज १६ गते १४:५७
प्रधानमन्त्री सुशीला कार्की । फाइल फोटो

१६ असोज, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले जेनजी युवा आन्दोलनका क्रममा ज्यान गुमाएका शहीद परिवारलाई भेट्दैछिन् ।

प्रधानमन्त्रीले आज अपराह्न सौरनकिशोर श्रेष्ठ, कान्छी नगरकोटी र बुद्धिबहादुर तामाङका परिवारजनसँग भेटघाट गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री कार्की स्वर्गीय श्रेष्ठ, नगरकोटी र तामाङका शोकाकुल परिवारजनलाई भेट्न उहाँहरूका परिवार रहेका स्थान क्रमश: काठमाडौं महानगरपालिका–१६ बनस्थली, नागार्जुन नगरपालिका–३ र कीर्तिपुर नगरपालिका–२ मैत्रीनगर पुग्ने कार्यक्रम छ ।

प्रधानमन्त्री कार्कीले आज दशैंको टीका लगाएकी छैनन् । गत भदौ २३ र २४ गते भएको जेनजी युवा आन्दोलनका क्रममा ७६ जनाको मृत्यु भएको र थुप्रै व्यक्ति घाइते भएको पीडा अझै ताजै भएकाले प्रधानमन्त्री कार्कीले यस वर्ष टीका नलगाउने निर्णय गरेको उनका प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठले जानकारी दिए ।

यसैगरी सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले पनि आज दशैंको टीका नलगाएको उनको सचिवालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?