+
+
Shares

शाहरुख खान अर्बपतिको सूचीमा

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज १६ गते १८:०७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बलिउड स्टार शाहरुख खान पहिलोपटक अर्बपतिको सूचीमा सामेल भएका छन् र उनको कुल सम्पत्ति १.४ अर्ब डलर अनुमान गरिएको छ।
  • हुरुन इन्डिया रिच लिस्ट २०२५ अनुसार शाहरुखको सम्पत्ति रेड चिल्लीज इन्टरटेनमेन्ट र कोलकाता नाइट राइडर क्रिकेट टीमको हिस्सेदारीबाट मुख्यतया आएको छ।
  • शाहरुखको अर्बपति सूचीमा प्रवेश भारतको आर्थिक वृद्धि चरित्रको प्रतिविम्ब भएको हुरुन इन्डियाका संस्थापक अनस रहमान जुनैदले बताए।

मुम्बई । बलिउड स्टार शाहरुख खान पहिलोपटक अर्बपतिको सूचीमा सामेल भएका छन् । यसले उनलाई संसारका अर्बपतिको सूचीमा सामेल गराएको छ ।

हुरुन इन्डिया रिच लिस्ट २०२५ ले तयार पारेको भारतका धनी व्यक्तिहरूको वार्षिक सूचीअनुसार, ५९ वर्षीय अभिनेताको कुल सम्पत्ति १.४ अर्ब डलर अनुमान गरिएको छ ।

यसले उनलाई अर्नोल्ड स्वार्जनेगर, पप स्टार रिहाना, गल्फर टाइगर वुड्स, गायिका टेलर स्विफ्टजस्ता विश्वव्यापी सेलिब्रेटीसँगैको सूचीमा राखेको छ । जसको कुल सम्पत्ति फोर्ब्स पत्रिकाले १.६ अर्ब डलर अनुमान गरेको छ ।

सूचीमा रहेका अन्य बलिउड कलाकारमा अभिनेत्री जुही चावला, अभिनेता ऋतिक रोशन र अमिताभ बच्चन र फिल्म निर्देशक करण जोहर समावेश छन् ।

बलिउडमा रोमान्सका राजा भनेर चिनिने शाहरुखले फिल्म उद्योगमा ३ दशक बिताएका छन् । उनले अभिनयबाहेक रेड चिल्लीज नामक निर्माण कम्पनी चलाउँछन् अनि उनी क्रिकेट टीमका मालिक पनि हुन् ।

‘खानको अर्बपति हैसियत मुख्यतया रेड चिलीज इन्टरटेनमेन्ट (उनको फिल्म निर्माण कम्पनी) र आइपीएल क्रिकेट टीम कोलकाता नाइट राइडर क्लबको हिस्सेदारीबाट प्रेरित छ’ हुरुन इन्डियाका संस्थापक तथा प्रमुख अनुसन्धानकर्ता अनस रहमान जुनैदले भने ।

उनको आम्दानीका अन्य स्रोतमा चलचित्रबाट हुने आम्दानी, विज्ञापनका साथै विश्वभरका घरजग्गामा गरिएको लगानी समावेश छ । ‘अर्बपति सूचीमा खानको प्रवेश भारतको परिवर्तनशिल आर्थिक वृद्धि चरित्र दर्शाउने कुराको प्रतिविम्व हो’ जुनैदले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?