
News Summary
Generated by OK AI. Editorially reviewed.- चितवन, धादिङ र तनहुँका जिल्ला प्रशासन कार्यालय र प्रहरी कार्यालयहरूले असोज २० गतेसम्म भारी वर्षाको पूर्वानुमानका कारण रातिमा यात्रा नगर्न अनुरोध गरेका छन्।
- पृथ्वी राजमार्गको कोत्रे-मुग्लिन-नागढुङ्गा र नारायणगढ-मुग्लिन सडकमा निरन्तर पहिरोले सवारी आवागमन अवरुद्ध हुँदै आएको छ र तीन जिल्लाले संयुक्त पहलमा सवारी सुचारु गरेका छन्।
- प्रशासनले अत्यावश्यक बाहेक यात्रा नगर्न र यात्रा गर्दा दिनको समयमा गन्तव्यमा पुग्न सुरक्षा निकायबाट जानकारी लिन समेत अनुरोध गरेको छ।
१७ असोज, काठमाडौं । चितवन, धादिङ र तनहुँका जिल्ला प्रशासन कार्यालय र प्रहरी कार्यालयहरूले नागरिकलाई राति यात्रा नगर्न अनुरोध गर्दै सूचना निकालेका छन् ।
सूचनामा उल्लेख भएअनुसार पृथ्वी राजमार्गको कोत्रे-मुग्लिन-नागढुङ्गा एवं नारायणगढ मुग्लिन सडकको विभिन्न स्थानहरुमा निरन्तर पहिरो गई समय–समयमा सवारी आवागमन अवरुद्ध हुँदै आइरहेको छ । तीनवटै जिल्लाको संयुक्त पहल एवं समन्वयमा पहिरो हटाई सवारी आवागमन सुचारु गरिएको छ ।
तथापि, जल तथा मौसम विज्ञान विभागका अनुसार आजदेखि असोज २० गतेसम्म भारी वर्षा हुनसक्ने पूर्वानुमान रहेको र उक्त पूर्वानुमान बमोजिन वर्षा भएमा सडक आवागमन थप जोखिमयुक्त हुनसक्ने सम्भावनालाई मध्यनजर गर्दै चितवन, धादिङ र तनहुँमा पनि रातिमा यात्रा नगर्न अपिल गरिएको हो ।
भारी वर्षा हुने पूर्वानुमान गरिएको समय असोज २० गतेसम्म अत्यावश्यक बाहेक यात्रा नगर्न र यात्रा गर्नु पर्दा दिनको समयमा आ–आफ्नो गन्तव्यमा पुग्ने गरी गर्न भनिएको छ ।
प्रशासनले रातको समयमा यात्रा नगर्न अनुरोध गरेको छ । यात्रा गर्नुपर्ने अवस्थामा सुरक्षा निकायहरुबाट आवश्यक जानकारी लिन समेत अनुरोध गरिएको हो ।
पूर्वानुमान बमोजिम वर्षा भएको खण्डमा वा त्यस्तो सम्भावना देखिएमा स्थानीय प्रशासनबाट राजमार्गहरूमा आवागमन बन्द गर्नुपर्ने अवस्था समेत आउन सक्ने भएकोले त्यस्तो अवस्थातर्फ सचेत एवं सतर्क रहन भनिएको छ ।
प्रतिक्रिया 4