
News Summary
Generated by OK AI. Editorially reviewed.- हलिउड अभिनेता टम क्रुजले प्रेमिका एना डे आर्माससँग चौंथो पटक विवाह गर्न लागेका छन् र विवाहको मिति तय भइसकेको छ।
- टम क्रुज र एना डे आर्मासले अन्तरिक्षमा विवाह गर्ने योजना बनाएका छन्, जसले उनीहरूलाई पहिलो अन्तरिक्ष विवाह गर्ने जोडी बनाउनेछ।
- टम क्रुजको यसअघि तीन पटक विवाह भइसकेको छ र एना डे आर्मास पनि पहिले विवाहविच्छेद भइसकेकी छिन्।
लस एन्जलस । के हलिउडका एक्सन सुपरस्टार टम क्रुज चौंथो पटक विवाह गर्न तयार छन् ? हलिउड मिडियाका अनुसार, ‘मिसन : इम्पोसिबल’ अभिनेताले चाँडै नै आफ्नी “जोन विक : ब्यालेरिना’ फेम्ड प्रेमिका, एना डे आर्माससँग विवाह गर्नेछन् ।
विवाहको मिति तय भइसकेको बुझिएको छ । यो एकदमै निजी मामिला हुने भनिएको छ । रोचक कुरा के छ भने यो विवाह अन्तरिक्षमा हुने विवरणमा जनाइएको छ ।
टम क्रुजको उमेर ६३ वर्ष छ । एना डे आर्मास ३७ वर्षकी छिन् । यस वर्षको जुलाईमा, यी दुई जना भर्मन्टको सडकमा हात समातेर हिँडिरहेको देखिएको थियो ।
अब, यदि ’राडार अनलाइन’ को रिपोर्टलाई विश्वास गर्ने हो भने, टम फेरि विवाहको वाचा गर्न तयार छन् ।
रिपोर्टले स्रोतलाई उद्धृत गर्दै भनेको छ, “टमलाई थाहा छ कि उनी यसलाई गोप्य राख्न चाहन्छन्, नत्र मानिसले उनको आलोचना गर्नेछन् । जे भए पनि, जब उनीहरू विवाह गर्छन्, टम पछि हट्ने छैनन् ।’
अभिनेता क्रूजले पहिले नै एनाप्रति प्रेम व्यक्त गरिसकेका छन् । उनीहरूले अन्तरीक्षमा समेत विवाह गर्ने हल्ला छ । यदि यसो भयो भने, तिनीहरू अन्तरिक्षमा विवाह गर्ने पहिलो जोडी हुनेछन् ।
क्रूजले कार्यक्रमलाई भव्य बनाउने योजना बनाएका छन् । अन्तरिक्षप्रति उनको लगाव कुनै गोप्य कुरा होइन ।
क्रुजको यो चौंथो विवाह हुनेछ । उनले पहिलो विवाह सन् १९८७ मा अभिनेत्री मिमी रोजर्ससँग गरेका थिए । सन् १९९० मा उनीहरूको सम्बन्धविच्छेद भयो । त्यसको केही समयपछि, सन् १९९० मा, उनले निकोल किडम्यानसँग विवाह गरे, जसलाई उनले सन् २००१ मा सम्बन्ध विच्छेद गरे ।
यो संयोग मात्र हो कि निकोल किडम्यान पनि हाल किथ अर्बनसँगको सम्बन्धविच्छेदको कारणले चर्चामा छिन् । निकोलको ब्रेकअपको केही वर्षपछि, क्रूज केटी होम्ससँग प्रेममा परे । उनीहरूले सन् २००६ मा विवाह गरे, तर उनीहरूको सम्बन्ध ६ वर्ष पछि सन् २०१२ मा समाप्त भयो ।
एनाको पनि सम्बन्धविच्छेद भइसकेको छ । उनले सन् २०११ मा स्पेनी अभिनेता मार्क क्लोटेटसँग विवाह गरिन् । यद्यपि, उनीहरूको सम्बन्ध केही समयपछि सन् २०१३ मा टुंगियो ।
प्रतिक्रिया 4