
१८ असोज, काठमाडौं । अविरल वर्षाका कारण शनिबार बिहानदेखि देशका प्रमुख राजमार्गहरूमा सवारी साधन होल्ड गरिएको छ ।
काठमाडौं–नागढुङ्गा खण्डमा बिहान ७:०० बजेदेखि दुबै तर्फका सवारी साधन रोकिएका छन् । चन्द्रागिरिबाट नागढुङ्गा, गोदाम र टखेल हुँदै धादिङ र मकवानपुरतर्फ बाहिरिने सवारी साधनलाई अर्को आदेश नभएसम्म आवागमनमा रोक लगाइएको प्रहरीले जनाएको छ ।
त्यस्तै, बिहान ८:३० बजेदेखि काभ्रेको धुलिखेलदेखि सिन्धुपाल्चोक सिमानासम्मको बीपी र अरनिको राजमार्ग पनि अवरुद्ध भएको छ । दोलालघाटसम्म पर्ने सो खण्डमा अविरल वर्षाका कारण पहिरो र जोखिम बढेपछि दुवैतर्फी सवारी साधन अनिश्चित समयसम्मका लागि होल्ड गरिएको हो ।
सडक अवरुद्ध भएपछि यात्रुहरू अलपत्र परेका छन् भने सम्बन्धित निकायहरूले सतर्कता अपनाउन आग्रह गरेका छन् ।
प्रतिक्रिया 4