+
+
Shares

विपद्का बेला गोकुलको कटाक्ष : सडक सरकारलाई केही भन्नै मिलेन !

नेता बास्कोटाको पोष्टमा टिप्पणी गर्दै सामाजिक सञ्जाल प्रयोगकर्ताले गत वर्ष पनि वर्षापछिको बाढी र पहिरोले पुर्‍याएको क्षति स्मरण गरेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज १८ गते १२:२८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा एमालेका नेता गोकुलप्रसाद बास्कोटाले अन्तरिम सरकारप्रति कटाक्ष गर्दै निर्वाचित सरकार नभएको बताएका छन्।
  • सामाजिक सञ्जालमा वर्षापछि आएको बाढी र पहिरोको क्षतिबारे गत वर्षको अनुभव र वर्तमान सरकारको तदारुकताको तुलना गरिएको छ।
  • सरकारले बाढी पहिरो जोखिम भएका ठाउँमा यात्रुहरूलाई सचेत गराउँदै निषेध गरेको र सही सूचना सम्प्रेषण गर्न आग्रह गरेको छ।

१८ असोज, काठमाडौं। नेकपा एमालेका नेता गोकुलप्रसाद बास्कोटाले अन्तरिम सरकारप्रति कटाक्ष गरेका छन् ।

गएराति देखिको वर्षाले जनजीवन प्रभावित भइरहेको छ । यो बेला निर्वाचित सरकार नरहेको भन्दै उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘निर्वाचित सरकार छैन, सडक सरकारलाई केही भन्नै मिलेन । कस्तो वेईमान रहेछ, बेमौसमी दर्के झरी ।’

नेता बास्कोटाको पोष्टमा टिप्पणी गर्दै सामाजिक सञ्जाल प्रयोगकर्ताले गत वर्ष पनि वर्षापछिको बाढी र पहिरोले पुर्‍याएको क्षति स्मरण गरेका छन् ।

सामाजिक सञ्जाल प्रयोगकर्ता नारायण पंगेनी लेख्छन्, ‘पोहोरको यही समयको विपत्तिमा भन्दा यो पटक राज्यको तदारुकता एकदमै चुस्त देखिएको छ । आशा गरौ क्षति धेरै बेहोर्नु पर्ने छैन।’

अर्का सामाजिक सञ्जाल प्रयोगकर्ता रामचन्द्र योञ्जनले जुन सरकार भएपनि वर्षा हुने कुरा प्राकृतिक रहेको बताएका छन् ।

अर्का सामाजिक सञ्जाल प्रयोगकर्ता सन्तोष पौडेलले पनि त्यस्तै कमेन्ट गरेका छन्, ‘ प्राकृतिक विपत्ति योजनाबद्ध तरिकाले आउने होइन । अचानक आउने गर्छ । तर राज्यले केही न केही जिम्मेवारी भुमिका निर्वाह गरिदियो भने ठूलो परिणाममा मानवीय क्षति र धनमालको नष्ट हुन पाउँदैन ।’

अहिले सरकारले राजमार्गहरुका ठाउँठाउँमा यात्रुहरूलाई सचेतता फैलाउंदै रोकिरहेको उल्लेख गर्दै पौडेल थप्छन्, ‘जहाँ जहाँ बाढी पहिरोको जोखिम स्थान छन् त्यहाँ सरकारले निषेध पनि गरिरहेको छ । सबैले सही सूचना मात्र सम्प्रेषण गरौं।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?