+
+
Shares

काठमाडौंतिर सर्दैछ थप वर्षा गराउने प्रणाली

उपत्यकामा सबैभन्दा बढी वर्षा लेलेमा

धेरै वर्षा भएका ठाँउहरू हेर्दा वीरगञ्ज आसपासका क्षेत्र छन् । काठमाडौंका उत्तरी भागको तुलनामा दक्षिणि भागमा बढी पानी परेको देखिन्छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज १८ गते १४:२८

१८ असोज, काठमाडौं । शनिबार बिहानबाट नेपाल भित्रिने भनिएको भारी वर्षा गराउने प्रणाली पर्साको वीरगञ्ज आसपासको क्षेत्रबाट काठमाडौं उपत्यकाभित्र प्रवेश गर्न थालेको देखिएको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाको आकडा अनुसार, पछिल्लो एक घण्टामा वीरगञ्ज आसपासका क्षेत्रमा सबैभन्दा धेरै वर्षा भएको छ । पछिल्ला विवरणहरू हेर्दा पानी पर्ने मात्रा वीरगञ्जबाट जितपुर, निजगढ, हेटौडा हुँदै दक्षिणी भागबाट काठमाडौं उपत्यकातिर बढ्दो क्रममा छ ।

धेरै वर्षा भएका ठाँउहरू हेर्दा वीरगञ्ज आसपासका क्षेत्र छन् । काठमाडौंका उत्तरी भागको तुलनामा दक्षिणि भागमा बढी पानी परेको देखिन्छ । मौसमविद्हरूले काठमाडौं उपत्यकामा शनिवार अपरान्हदेखि भारी वर्षा हुने प्रणाली थप सक्रिय हुने चेतावनी दिएका थिए ।

पछिल्लो २४ घण्टाको अवस्था हेर्दा बीरगञ्जमा सबैभन्दा बढी १४४ मिलिमिटर वर्षा भएको देखिन्छ । त्यसपछि बाराको कलैयामा १४० मिलिमिटर वर्षा भएको छ । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा गोदावरीमा सबैभन्दा बढी ८२ दशमलव ४ मिलिमिटर पानी परेको छ ।

२४ घण्टामा १४० मिलिमिटर वा त्यो भन्दा बढी पानी पर्नुलाई ‘चेतावनीको तह’मा पुगेको मानिन्छ । त्यस्तो अवस्थामा पहाडी भेगमा पहिरो र तराईमा डुबानको जोखिम हुन्छ ।

पछिल्लो एक घण्टा : रौतहटमा सबैभन्दा बढी

पछिल्लो एक घण्टामा सबैभन्दा बढी रौतहटमा २९ दशमलब ८ मिलिमिटर पानी परेको छ । त्यसपछि रौतहटमा २२ दशमलव ८ मिलिमिटर पानी परेको छ । पर्सामा २१, बारामा १५ दशमलव ८ र वीरगञ्जमा १३.६ मिलिमिटर पानी परेको छ । एक घण्टाको मात्रै तथ्यांक हेर्दा जनकपुरसम्म भारी वर्षा भएको देखिन्छ । बारा, सिमरा, मकवानपुरगढी क्षेत्रमा पनि १० मिलिमिटरभन्दा बढी पानी परेको छ ।

लेलेमा सबैभन्दा बढी

पछिल्लो एक घण्टामा काठमाडौं उपत्यकामा ललितपुरको लेलेमा सबैभन्दा बढी पानी परेको छ ।

लेलेमा १२ दशमलव २ मिलिमिटर पानी परेको छ । पनौतीमा १४ मिलिमिटर पानी परेको छ । नैकाप, नगरकोट र नालामा ९ मिलिमिटर आसपासमा वर्षा भएको छ । उपत्यकाको अरु ठाँउमा त्यो भन्दा कम पानी परेको देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?