+
+
Shares

उपत्यकामा शान्त बन्यो होली, एक जना पनि छैनन् नियन्त्रणमा

निर्वाचन आचार संहिताका कारण मदिराजन्य वस्तुहरू बिक्री वितरणमा समेत रोक लगाइएको कुनै दुर्घटना नभएको प्रहरीको बुझाइ छ । 

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन १८ गते १७:४१

१८ फागुन, काठमाडौं । काठमाडौं उपत्यकामा अहिलेसम्म शान्तिपूर्ण रूपमा होली मनाइएको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता तथा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) प्रवीण धितालका अनुसार यो पटक शान्तिपूर्ण रूपमा उपत्यकामा होली मनाइँदै छ । उनका अनुसार अहिलेसम्म एक जना पनि पक्राउ परेका छैनन् ।

यसअघिका होलीमा क्रममा झै–झगडा हुने, कुटपिट, ग्याङ फाइट हुने, मदिरा, गाँजा सेवन गरेर सवारी चलाउने, तीव्र गतिमा सवारीसाधन चलाउने, सवारी साधनमा क्षमताभन्दा बढी सवार हुनेजस्ता गतिविधि हुने गरेका थिए । यस पटक भने अहिलेसम्म शान्त रूपमा होली मनाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक(एसपी) तथा प्रवक्ता पवन भट्टराईले बताए ।

यसअघिका वर्षहरूमा भन्दा यो पटक होली मनाउनेको सङ्ख्या पनि उपत्यकामा कम रहेको प्रहरीको बुझाइ छ । होलीदेखि नै एक हप्तासम्म बिदा र यहीबिचमा निर्वाचन भएकाले धेरै मानिसहरू उपत्यका छाडेर गाउँ गएकाले उपत्यकामा कम सङ्ख्यामा होली मनाउनेहरू रहेको प्रहरीको बुझाइ छ ।

त्यस्तै निर्वाचन आचार संहिताका कारण मदिराजन्य वस्तुहरू बिक्री वितरणमा समेत रोक लगाइएको कुनै दुर्घटना नभएको प्रहरीको बुझाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?