
१८ असोज, काठमाडौं । वायु सेवा सञ्चालकहरुले काठमाडौं उपत्यकाभित्र हुने विपदजन्य घटनाको नि: शुल्क उद्धार गर्ने भएका छन् । सरकारले हेलिकोप्टर सञ्चालकहरुलाई तयारी अवस्थामा रहन निर्देशन दिएको थियो ।
त्यसपछि वायु सेवा सञ्चालक संघका अध्यक्ष मनोज कार्कीले विज्ञप्ति जारी गर्दै उद्दारको समन्वयका लागि नागरिक उड्ययन प्राधिकरणलाई समन्वय अधिकारी तोक्न आग्रह गरेका छन् ।
‘हाल देशका अधिकांश स्थानहरुमा अत्याधिक रुपमा वर्षा भै रहेको र वर्षात्का कारण देशका विभिन्न भु भागहरुमा वाढीपहिरो जस्ता विपदजन्य अवस्थामा परेका आम नागरिकको उद्धार कार्यको लागि संघमा आवद्ध हेलिकप्टर कम्पनीहरु तयारी अवस्थामा रहेका व्यहोरा जानकारी गराउँदछौं’ संघद्वारा जारी विज्ञप्तिमा छ,’समन्वय अधिकारीको निर्देशन बमोजिम उद्धार कार्य गर्ने व्यहोरा समेत यसै पत्रद्वारा मार्फत जानकारी गर्दछौं ।’
हेर्नुहोस् विज्ञप्ति :
प्रतिक्रिया 4