
News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रपति रामचन्द्र पौडेलले देशभर अविरल वर्षा र बाढीपहिरोको खतराबारे सजग रहन सबैसँग अपिल गर्नुभएको छ।
- उहाँले विपद्को समयमा धैर्यतापूर्वक चुनौतीको सामना गर्न सर्वसाधारणलाई आग्रह गर्नुभएको छ।
- राष्ट्रपति कार्यालयले शीघ्र उद्धार र राहतका लागि सबै राज्य निकायलाई खटिन अपिल गरेको छ।
१८ असोज, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबारदेखि देशभर अविरल वर्षा र त्यसबाट उत्पन्न बाढीपहिरो तथा डुबानको खतराबारे सजग रहन सबैसँग अपिल गरेका छन् ।
शनिबार एक विज्ञप्ति जारी गर्दै राष्ट्रपति पौडेलले विपद्मा धैर्यतापूर्वक चुनौतीको सामना गर्न सर्वसाधारणलाई आग्रह गरेका हुन् ।
राष्ट्रपति पौडेलले यस विपत्तिको घडीमा शीघ्र उद्धार र राहतका लागि खटिन राज्यका सबै निकायलाई अपिल पनि गरेका छन् ।
विज्ञप्तिमा भनिएक छ, ‘ देशभर जारी अिरल वर्षा र त्यसबाट उत्पन्न बाढी, पहिरो तथा डुबानको खतराबाट सजग रहँदै यो विपद्माधैर्यतापूर्वक चुनौतीको सामना गर्न म सम्पूर्ण दाजुभाइतथा दिदीबहिनीहरूलाई आग्रह गर्दछु।‘
हेर्नुहोस् राष्ट्रपति कार्यालयको विज्ञप्ति :
प्रतिक्रिया 4