+
+
WC Series
पोखरा एभेन्जर्स 2025
67/4 (9.6)
VS
६० बलमा ९९ रन आवश्यक
काठमान्डु गोर्खाज 2025
165/8 (20)
Shares

जिपबाट खसेर घाइते भएका सरोजको उपचारका क्रममा मृत्यु

दोलखाको कालिन्चोक ९ सुन्द्रावतीस्थित चरिकोट सिंगटी सडक खण्डमा चरिकोटबाट लापिलाङ जादै गरेको जीपको ढालाबाट अचानक रोडमा खसेका बैतेश्वर-३ बस्ने ३० वर्षीसरोज दाहालको मृत्यु भएको हो।

कपिल कोइराला कपिल कोइराला
२०८२ असोज १९ गते १२:२४

१९ असोज, काभ्रेपलाञ्चोक । दोलाखामा जीपको ढालाबाट खसेर घाईते भएका एक जनाको उपचारको क्रममा मृत्यु भएको छ ।

दोलखाको कालिन्चोक ९ सुन्द्रावतीस्थित चरिकोट सिंगटी सडक खण्डमा चरिकोटबाट लापिलाङ जादै गरेको जीपको ढालाबाट अचानक रोडमा खसेका बैतेश्वर-३ बस्ने ३० वर्षीसरोज दाहालको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय दोलखाका सूचना अधिकारी श्रीराम तिमल्सिनाका अनुसार कालिन्चोक ५ लापिलाङ का ३४ वर्षीय चेत कुमार थापाले चलाएको बागमती प्रदेश ०१-०२६ च. ०८३६ नं. को बलेरोमा पछाडि सवार दाहाल शनिबार ढालाबाट अचानक रोडमा खसेर घाइते भएका थिए।

थप उपचारको लागि मध्यपुर थिमी अस्पताल लगेकोमा अस्पताल पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए । दाहालको शव पोस्टमार्टमको लागि केएमसी अस्पताल काठमाण्डौ राखिएको प्रहरीले जनाएको छ ।

लेखक
कपिल कोइराला

कोइराला काभ्रेमा रहेर पत्रकारिता गर्छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?