
News Summary
Generated by OK AI. Editorially reviewed.- हरिबहादुरको जुत्ता फिल्मले दशैंको फूलपातीमा १३४ शो पाएको थियो र सातौं दिनसम्म ११७ शो कायम राखेको छ।
- बलिदान र माइतीघर फिल्मको शो संख्या सातौं दिनसम्म क्रमशः १०७ र ७७ मा घटेको छ।
- हरिबहादुरको जुत्ता सातौं दिनसम्म सर्वाधिक शो पाउने फिल्म बनेको छ र यसमा हरिवंश आचार्य, स्वस्तिमा खड्का लगायत कलाकारको अभिनय छ।
काठमाडौं । दशैंको फूलपातीमा रिलिज हुँदा ‘हरिबहादुरको जुत्ता’ले कूल १३४ शो पाएको थियो । प्रदर्शनको सातौं दिनसम्म हरिवंश आचार्य स्टारर फिल्मको कूल शो संख्यामा खासै भिन्नता छैन ।
यो फिल्मको कूल शो संख्या आइतबार ११७ शो छ । यसको अर्थ- यो फिल्मले स्थिर ब्यापारलाई निरन्तरता दिइरहेको छ भन्ने हो ।
दशैंको फूलपातीमा सँगै रिलिज भएका अन्य दुई फिल्म बलिदान र माइतीघरलाई हलले क्रमशः २४४ र १४४ शोज दिएका थिए । सातौं दिनसम्म यी दुईको शोज संख्या घटेर क्रमशः १०७ र ७७ शोज देखिएको छ ।
शोजको यो अंकगणितअनुसार सातौं दिनसम्म ‘हरिबहादुरको जुत्ता’ सर्वाधिक शो पाउने फिल्म बनेको छ । रिलिजको सुरुवाती दिनमा अकुपेन्सी कम भएको अडिटोरियम पाएको यो फिल्मले सातौं दिनसम्म आइपुग्दा उच्च शो पाएको छ ।
दीपेन्द्र के खनाल निर्देशित फिल्ममा हरिवंश आचार्य, स्वस्तिमा खड्का, प्रकाश सपुत, प्रियंका कार्की, हरिहर शर्मा, दिव्यदेव पन्त, किरण केसी, राजाराम पौडेल, दिनेश काफ्ले, सीता न्यौपाने, कमलमणी नेपाल लगायतका कलाकारको अभिनय छ ।
एसएम मोसन पिक्चर्सको ब्यानरमा निर्माण भएको फिल्मलाई सरोज ओली र मोहितवंश आचार्यले निर्माण गरेका छन् ।
प्रतिक्रिया 4