
News Summary
Generated by OK AI. Editorially reviewed.- फूलपातीको दिनबाट रिलिज भएको फिल्म ‘माइतीघर’ले उत्साहजनक प्रतिक्रिया पाएको छ।
- फिल्मले शीर्ष गीतमा आयोजना गरेको भिडियो प्रतियोगितामा बुटवलका दुई जनालाई विजेता घोषणा गरिएको छ।
- विजेतालाई ५ लाख नगद पुरस्कार दिने घोषणा गरिएको छ र निर्णायक कविराज गहतराजले छनोट गरेका हुन्।
काठमाडौं । फूलपातीको दिनबाट रिलिजमा आएको फिल्म ‘माइतीघर’ले उत्साहजनक प्रतिक्रिया प्राप्त गरेको छ ।
फिल्मले प्रवर्धन अभियानअन्तर्गत शीर्ष गीतमा भिडियो प्रतियोगिता आयोजना गरेको थियो । ‘बसन्त नै बस्न खोज्छ यहाँ लोलाएर’ बोलको गीतमा आयोजना गरिएको प्रतियोगिताका विजेता घोषणा गरिएको छ ।
यो गीतमा भिडियो तयार पारेका १ हजार भन्दा धेरै जनामध्ये २ जनालाई विजेता घोषणा गरिएको हो । निर्णायक समेत रहेका नृत्य निर्देशक कविराज गहतराजले विजेता छनोट गरेका हुन् ।
दुवै जना विजेता बुटवलका छन् । बुटवलका सुरज सिञ्जाली मगर र वुटवलको कालिकानगरमा रहेको नाश्री डान्स एकेडेमीका बालिकाको समूहले भिडियो प्रतियोगिता जितेका छन् ।
दुवैजनाले समान अंक ल्याएका कारण दुवै जनालाई विजेता घोषणा गरिएको जनाइएको छ । विजेतालाई ५ लाख नगद पुरस्कार दिने घोषणा फिल्मले गरेको थियो ।
मिलन तामाङ निर्देशित फिल्ममा केदारप्रसाद घिमिरे, धीरज मगर, प्रकाश सपुत, उपासनासिंह ठकुरी, श्यामाश्री शेर्पा, युवराज लामा लगायतको अभिनय छ । रोहित अधिकारी फिल्म्स्को ब्यानरमा फिल्म निर्माण भएको हो ।
प्रतिक्रिया 4