
२० असोज, धनगढी । दार्चुलामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् ।
महाकाली नगरपालिका–६ को भित्री सडकखण्डमा आइतबार साँझ बागमती प्रदेश ०३–००१ ज ०२०६ नम्बरको जिप दुर्घटना हुँदा सोही ठाउँ बस्ने २८ वर्षीय नरेश बहादुर पालको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रहरी नायब उपरीक्षक (डीएसपी) टेकबहादुर जोराले घाइते अवस्थाका पालको उपचारका क्रममा जिल्ला अस्पतालमा मृत्युु भएको जानकारी दिए ।
उनका अनुसार दुर्घटनामा चालकसहित १० जना घाइते भएका छन् । उनीहरूमध्ये ६ जनालाई उपचारका लागि धनगढी रेफर गरिएको छ । अन्य सामान्य घाइतेहरु उपचारपछि डिस्चार्ज भएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4