
News Summary
Generated by OK AI. Editorially reviewed.- दशैंपछि सुनको भाउ तोलामा करिब १० हजार रुपैयाँ बढेर २ लाख ३३ हजार १ सय रुपैयाँ पुगेको छ।
- नेपाल सुनचाँदी व्यवसायी महासंघले दशैंपछि मूल्यमा उच्च वृद्धि भएको जनाएको छ।
- चाँदीको मूल्य पनि दशैंपछि प्रतितोला १५० रुपैयाँले बढेर २ हजार ९६० रुपैयाँ पुगेको छ।
२० असोज, काठमाडौं । दशैंपछि सुनको भाउ तोलामा करिब १० हजार रुपैयाँ बढेको छ । नेपाली बजारमा दशैंका कारण केही दिन मूल्य समायोजन गरिएको थिएन ।
दशैंपछि एकैपटक समायोजन हुँदा मूल्यमा उच्च वृद्धि देखिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । दशैंअघि असोज १२ गते सुनको भाउ प्रतितोला २ लाख २३ हजार २ सय रुपैयाँ रहेकोमा ९ हजार ९ सय रुपैयाँ बढेर आज सोमबार २ लाख ३३ हजार १ सय रुपैयाँ पुगेको छ ।
आइतबारको तुलनामा आज २ हजार ५ सय रुपैयाँ मूल्य बढेको हो । अघिल्लो दिन २ लाख ३० हजार ६ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । सुनको आजको मूल्य हालसम्मकै उच्च हो ।
चाँदी दशैंपछि प्रतितोला १५० रुपैयाँ बढेको छ । असोज १२ गते प्रतितोला २ हजार ८१० रुपैयाँमा कारोबार भएको चाँदी आज सोमबार २ हजार ९६० रुपैयाँ पुगेको छ । अघिल्लो दिनको तुलनामा आज ३० रुपैयाँले चाँदी बढेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4