+
+
Shares

पहिरोले खाँदबारीको कारागारसहित अस्पताल भवनको पर्खाल उच्च जोखिममा

शनिबार दिउँसो आएको अविरल वर्षाले जिल्ला कारागार खाँदबारीको ३० मिटरको बाहिरी पर्खाल भत्किएको जेलर राजन घिमिरेले जानकारी दिए । पहिरोले कारागारको तल्लो भागको बाहिरी पर्खाल भत्किएर तलदेखि पहिरोले जोखिम बनाएको उनले बताए ।

रासस रासस
२०८२ असोज २० गते १२:०७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सङ्खुवासभामा अविरल वर्षापछि आएको पहिरोले खाँदबारीस्थित जिल्ला कारागारको ३० मिटर बाहिरी पर्खाल भत्किएको छ।
  • पहिरोका कारण चैनपुर नगरपालिका–६ को १५ शय्याको नगर अस्पतालको पर्खाल भत्किएर जोखिममा परेको छ।
  • पहिरोले भोटखोला गाउँपालिका जाने उत्तर–दक्षिण सडकखण्ड एक महिनादेखि अवरुद्ध छ र यातायात सञ्चालनमा रोक लगाइएको छ।

२० असोज, किमाथाङ्का । शुक्रबार, शनिबार र आइतबारको अविरल वर्षात्पछि को बाढी पहिरोले विभिन्न स्थानमा क्षति पुर्‍याएको छ । पहिराले खाँदबारीस्थित कारागारको भवन उच्च जोखिममा परेको छ ।

शनिबार दिउँसो आएको अविरल वर्षाले जिल्ला कारागार खाँदबारीको ३० मिटरको बाहिरी पर्खाल भत्किएको जेलर राजन घिमिरेले जानकारी दिए । पहिरोले कारागारको तल्लो भागको बाहिरी पर्खाल भत्किएर तलदेखि पहिरोले जोखिम बनाएको उनले बताए ।

पहिरो रोकथामका लागि आइतबारदेखि मर्मत थालिए पनि वर्षाका कारण समस्या भएको उहाँको भनाइ छ । पहिरोका कारण सदरमुकाम खाँदबारीमा रहेको नेपाली सेनाको इन्द्रदल गुल्मसमेत जोमिममा परेको जनाइएको छ।

पहिरोका कारण चैनपुर नगरपालिका–६ मा रहेको १५ शय्याको नगर अस्पताल पर्खाल भत्किएर जोखिममा परेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका निमित्त प्रहरी प्रमुख प्रहरी निरीक्षक रामकुमार लामिछानेले जानकारी दिए।

त्यस्तैगरी चैनपुर-३ सिद्धपोखरीमा एक घर पहिरोको जोखिममा परेको छ । आइतबार दिउँसो आएको वर्षाका कारण ढुङ्गामाटोले बनेको तेञ्जि शेर्पाको घर पहिरोको उच्च जोखिममा परेको उहाँले बताउनुभयो । ती परिवारलाई अन्यत्र सारिएको छ ।

भोटखोला सडक अवरुद्ध

पहिरोका कारण सदरमुकाम खाँदबारीबाट भोटखोला गाउँपालिका जाने उत्तर–दक्षिण सडकखण्ड एक महिनादेखि अवरुद्ध छ। उत्तर–दक्षिण सडक खण्डको मकालु गाउँपालिका–३ मा पहिरो खसेपछि सडक अवरुद्ध भएको हो । सडक अवरुद्ध भएपछि भोटखोला गाउँपालिकासँगसम्बन्ध सम्पर्क टुटेको छ ।

त्यस्तैगरी पहिरोका कारण उत्तर दक्षिण कोशी सडक खण्डका केही स्थानमा अझै पहिरोले अवरोध भएका कारण जिल्ला बाहिर जाने लामो दुरीका यातायात सञ्चालनमा रोक लगाइएको छ ।

माथिल्लो क्षेत्रमा लगातर ठूलो वर्षा भइरहेको र अरुण नदीका बेसिन खतराको तहपार गरेको अवस्था रहेको र अझै बढ्ने खतरा भएका कारण जिल्ला बाहिर तथा जिल्लाभित्रका ग्रामीण सडक खण्डमा यातायात सञ्चालनमा रोकलगाइएको निमित्त प्रहरी प्रमुख लामिछानले जानकारी दिए ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?