+
+
Shares

सिंहदरबारमा बढ्यो चहलपहल

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २० गते १३:२९

२० असोज, काठमाडौं । नेपालीहरूको महान पर्व विजया दशमी (बडादशैं) को बिदा सकिएसँगै सरकारी कार्यालयहरूमा चलहपहल सुरु भएको छ ।

सिंहदरबारसहित देशका सरकारी कार्यालयहरुमा चहलपहल सुरु भएको हो । यस वर्ष असोज १६ गते दशैंको टीका रहेको थियो ।

त्यसपछिका पाँच दिन कोजाग्रत पूर्णिमा (आज) सम्म दशैंको टीका लगाउने गरिन्छ । फूलपातीदेखि द्वादशीसम्म सरकारले सार्वजनिक बिदा दिएको थियो ।

अब दशैंको बिदा सकिएसँगै सरकारी कार्यालयहरुमा कर्मचारीहरुको चहलपहल शुरु भएको हो ।

सिंहदरबारमा पनि कर्मचारीहरु आएर आफ्नो काम सुरु गरिसकेका छन् । दशैंमा सुनसान बनेको सिंहदरबारमा चहलपहल बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?