+
+
Shares

दशैंपछि सेयर किन्दा लाभांश पाइने यी १२ कम्पनी

हालसम्म १८ कम्पनीको लाभांश घोषणा

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २० गते १४:१९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • दशैंपछि मंगलबारदेखि सेयर बजार खुल्दैछ र सूचीकृत कम्पनीले लगानीकर्तालाई लाभांश घोषणा गरिरहेका छन्।
  • हालसम्म १८ कम्पनीले लाभांश घोषणा गरिसकेका छन्, जसमा ५ कम्पनीको बुक क्लोज भइसकेको छ र १२ कम्पनीको सेयर किन्दा लाभांश पाइन्छ।
  • साधारणसभाबाट लाभांश स्वीकृत भएपछि लगानीकर्ताले नगद लाभांश बैंक खातामा र सेयर बोनस डिम्याट खातामा पाउँछन्।

२० असोज, काठमाडौं । दशैंपछि मंगलबारदेखि सेयर बजार खुल्दैछ । बजारमा सूचीकृत र नाफामा रहेका कम्पनीले लगानीकर्तालाई लाभांश पनि घोषणा गरिरहेका छन् ।

यसअघि घोषणा गरिसकेका तर बुक क्लोज हुन बाँकी कम्पनीको सेयर खरिद गर्दा अझै लाभांश पाइन्छ । बुक क्लोज हुनुभन्दा अघिल्लो दिनसम्म सेयर खरिद गर्दा लाभांश र साधारणसभामा सहभागी भइ आफ्नो अधिकार प्रयोग गर्न पाइन्छ ।

हालसम्म सूचीकृत १८ कम्पनीले लाभांश घोषणा गरेका छन् । तीमध्ये ५ को बुक क्लोज भइसकेको छ । अझै पनि १२ कम्पनीको सेयर किन्दा लाभांश पाइन्छ । एउटाको बुक क्लोज बाँकी रहे पनि लाभांश पाइँदैन । आर्थिक वर्ष सकिएको ६ महिनाभित्र साधारणसभा गरिसक्नु पर्ने व्यवस्था छ । यहीं व्यवस्थाका कारण कम्पनीहरुले पुस मसान्तभित्र साधारणसभा गरी लाभांश स्वीकृत गर्नेछन् ।

साधारणसभाबाट लाभांश स्वीकृत भएपछि लगानीकर्ताले नगद लाभांश बैंक खातामा र सेयर बोनस डिम्याट खातामा पाउँछन् । लाभांश घोषणा गरेका केही कम्पनीले साधारणसभा बोलाइसकेका छन् ।

४ वाणिज्य बैंकले लाभांश घोषणा गरेका छन् । जसमा एभरेस्ट, सिटिजन्स, सानिमा र माछापुच्छ्रे छन् । यीमध्ये माछापुच्छ्रेको बुक क्लोज भइसकेको छ । २ विकास बैंक मुक्तिनाथ र कामना सेवाले लाभांश घोषणा गरेका छन् । कामनाको बुक क्लोज भइसकेको छ ।

एउटा फाइनान्स कम्पनी मञ्जुश्रीले लाभांश घोषणा गरेको छ । २ माइक्रोफाइनान्स आरएसडीसी र गुराँसले लाभांश घोषणा गरेका छन् । ५ हाइड्रोपावर कम्पनी भगवती, अरुणभ्यली, युनिभर्सल, मिडसोलु र सिक्लेसले लाभांश घोषणा गरेका छन् । यीमध्ये युनिभर्सलको बुक क्लोज भइसकेको छ ।

२ उत्पादन तथा प्रशोधन कम्पनी युनिलिभर नेपाल र नेपाल ल्युब आयलले लाभांश घोषणा गरेका छन् । जसमध्ये नेपाल ल्युबको बुक क्लोज भइसकेको छ । त्यस्तै २ लगानी समूहका कम्पनी निफ्रा र हाथवेले लाभांश घोषणा गरेका छन् । हाथवेको बुक क्लोज भइसकेको छ ।

यी हुन् हालसम्म लाभांश घोषणा गरेका कम्पनी

कम्पनी लाभांश प्रतिशत बुक क्लोज मिति
एभरेस्ट बैंक १४ (नगद)

६ (बोनस)

असोज २४
सानिमा बैंक ७.३६८५ (नगद) असोज २७
सिटिजन्स बैंक ०.२६३ (नगद)

५ (बोनस)

घोषणा बाँकी
माछापुच्छ्रे बैंक ४ (नगद)

४ (बोनस)

सम्पन्न
मुक्तिनाथ विकास बैंक ४.६७ (नगद)

१३.५३ (बोनस)

असोज ३१
कामना सेवा ५.७८९५ (नगद)

१० (बोनस)

सम्पन्न
मञ्जुश्री फाइनान्स १५ (नगद) असोज २२
आरएसडीसी लघुवित्त ८ (नगद) घोषणा बाँकी
गुराँस लघुवित्त ०.७५ (नगद)

१४.२५ (बोनस)

घोषणा बाँकी
युनिलिभर नेपाल १,८४२ (नगद) कात्तिक ११
नेपाल ल्युब आयल २० (बोनस) सम्पन्न
निफ्रा ६.३१५८ (नगद) घोषणा बाँकी
हाथवे इन्भेस्टेमेन्ट ०.५३२ (नगद)

१२.०० (बोनस)

सम्पन्न
भगवती हाइड्रोपावर ६ (नगद)

१४ (बोनस)

असोज २१
अरुणभ्याली हाइड्रोपावर ०.४२१ (नगद)

८ (बोनस)

घोषणा बाँकी
युनिभर्सल पावर ०.४७३७ (नगद)

९ (बोनस)

सम्पन्न
मिडसोलु हाइड्रोपावर ०.७८९ (नगद)

१५ (बोनस)

घोषणा बाँकी
सिक्लेस हाइड्रोपावर ०.७८९ (नगद)

१५ (बोनस)

घोषणा बाँकी

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?