
२१ असोज, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता मोहन श्रेष्ठले संसद् पुन:स्थापनाको माग गरे जेनजी विद्रोहको अपमान हुने बताएका छन् ।
श्रेष्ठले सामाजिक सञ्जालमा लेखेका छन्, ‘फेरि पनि कुनै कोणबाट विघटित संसदको पुन:स्थापनाको माग गरिनु जनताको परिवर्तनको चाहना विपरीत र जेनजी विद्रोहको अपमान हुनेछ । यो दुष्कर्ममा कोही नलागून् ।’
जेनजीले गत भदौ २३ र २४ गते देशभर आन्दोलन गरेका थिए । आन्दोलनकै क्रममा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली राजीनामा दिन बाध्य भए । त्यसपछि प्रतिनिधि सभाबाट अर्को सरकार बनेन ।
पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार बनेको छ । अन्तरिम सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले गत भदौ २७ गते प्रतिनिधि सभा विघटन गरेका थिए । प्रतिनिधि सभा विघटन गरेर आगामी फागुन २१ गतेका लागि अर्को चुनावको मिति तय भएको छ ।
यो अवस्थामा कतिपय राजीनीतिक दलहरूले संसदको पुन:स्थापनाको माग राखिरहेका बेला राप्रपाका प्रवक्ता श्रेष्ठले संसद् पुन:स्थापनाको माग गर्नुलाई जेनजी विद्रोहको अपमान भनेका हुन् ।
प्रतिक्रिया 4