+
+
Shares

भेप प्रयोग गर्ने बालबालिकाको संख्या बढ्दै गएको भन्दै डब्लुएचओको चेतावनी

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २१ गते १७:२४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • विश्व स्वास्थ्य संगठनले विश्वभर भेप प्रयोगकर्ताको संख्या १० करोडभन्दा बढी पुगेको र १.५ करोड बालबालिका भेप गर्ने गरेको चेतावनी दिएको छ।
  • डब्ल्यूएचओका महानिर्देशक डा. टेड्रोसले तम्बाकू उद्योगले युवालाई नयाँ निकोटिन उत्पादनमार्फत पुनः फसाइरहेको आरोप लगाउनुभयो।
  • सन् २००० देखि विश्वभर तम्बाकू सेवन घट्दै गएको छ, तर पाँच वयस्कमध्ये एक जनाले अझै तम्बाकू सेवन गर्ने गरेको छ।

२१ असोज, काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले भेप (इ-सिगरेट) प्रयोगकर्ताको संख्या विश्वभर तीव्र रूपमा बढेको भन्दै चेतावनी दिएको छ। हाल विश्वमा १० करोडभन्दा बढी मानिसले भेप प्रयोग गर्ने गरेको बताइएको छ, जसमा करिब १.५ करोड बालबालिका छन्।

डब्ल्यूएचओका अनुसार बालबालिका वयस्कभन्दा औसतमा नौ गुणा बढी भेप गर्ने सम्भावना राख्छन्। डब्ल्यूएचओका अधिकारी डा. एतिएन क्रगले भने, ‘इ-सिगरेटले निकोटिनको नयाँ लहर ल्याइरहेको छ। यसले बच्चाहरूलाई कम उमेरमै निकोटिनमा निर्भर बनाउँदै दशकौँको प्रगतिलाई जोखिममा पारिरहेको छ।’

डब्ल्यूएचओका महानिर्देशक डा. टेड्रोसले तम्बाकू उद्योगमाथि युवाहरूमाथि आक्रामक रूपमा लक्षित गरेको आरोप लगाएका छन्। ‘धेरै देशहरूले तम्बाकू नियन्त्रणमा उल्लेखनीय प्रगति गरेका छन्, तर उद्योगले नयाँ निकोटिन उत्पादनमार्फत युवालाई पुनः फसाइरहेको छ’ उनले भने।

प्रतिवेदनका अनुसार हाल विश्वभर करिब ८ करोड वयस्क र डेढ करोड किशोरले भेपको प्रयोग गर्छन्। धेरै देशले बालबालिकामा भेप रोक्न नियम ल्याए पनि, सन् २०२४ अन्त्यसम्म ६२ देशमा कुनै नीति नै छैन र ७४ देशमा न्यूनतम उमेरको सीमा पनि तोकिएको छैन।

यसबीच, विश्वभर तम्बाकूको सेवन भने घट्दै गएको छ । सन् २००० मा १.३८ अर्ब प्रयोगकर्ताबाट २०२४ मा १.२ अर्बमा झरेको छ। महिलामाझ तम्बाकू सेवन ११% बाट ६.६% मा झरेको छ भने पुरुषमा ४१.४% बाट ३२.५% मा घटेको छ।

तर अझै पनि विश्वका पाँच वयस्कमध्ये एक जनाले तम्बाकू सेवन गर्छन्। विशेषज्ञहरूका अनुसार भेप धूम्रपानभन्दा कम हानिकारक भए पनि, यसले निकोटिनको लत बढाउँछ ।

धूम्रपान नगर्नेका लागि भने भेप अझ बढी हानिकारक हुने भन्दै प्रयोग नगर्न सुझाव दिइन्छ ।

-बीबीसीमा प्रकाशित लेखबाट साभार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?