
२१ असोज, काठमाडौं । ताप्लेजुङमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
ताप्लेजुङको सिदिङ्वा गाउँपालिका-३ आङखोप स्थितमा च्याङथर्पुबाट आङ्खोप तर्फ आउँदै गरेको प्र.१-०१-००१ ज ३४७० नम्बरको जिप मंगलबार साँझ साढे ६ बजे दुर्घटनामा परेको हो ।
दुर्घटनामा परी मृत्यु हुनेको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार जिप अनियन्त्रित भएर सडकभन्दा करिब २०० मिटर तल भिरमा खसेको थियो ।
दुर्घटनामा परी जिप चालक प्रकाश सुवाङ सामान्य घाइते भएका छन् ।
जिपमा कति जना यात्रु सवार थिए भन्ने यकिन भइनसकेको र दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4