+
+
Shares

सशस्त्रकी इन्स्पेक्टर डा. सिटौलालाई सेवाबाट हटाइँदै, नेपाल प्रहरीका १८ जनालाई सात दिनभित्र उपस्थित हुन निर्देशन

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २२ गते ७:१२

काठमाडौं । सशस्त्र प्रहरीकी इन्स्पेक्टर डा. महिमा सिटौलालाई सेवाबाट हटाउने तयारी गरिएको छ ।

बिदा स्वीकृत नगराई गत साउन १४ गतेदेखि कार्यालयमा अनुपस्थित रहेको र यो पदीय जिम्मेवारी एवं आचरण विपरीतको कार्य भएको भन्दै गृह मन्त्रालयले सिटौलालाई विभागीय कारबाही गर्न लागेको थियो ।

गृह मन्त्रालयको सचिव स्तरको निर्णयले उनलाई ‘भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरिने गरी सेवाबाट हटाउने’ निर्णय गरिसकेको छ ।

यदि विभागीय सजाय गर्नु नपर्ने भए बाटोको म्याद बाहेक सात दिनभित्र कारसहित सफाइ पेस गर्ने मौका समेत दिइएको छ ।

यसैबीच लामो समयदेखि बिदा स्वीकृत नगराई कार्यालयको सम्पर्कमा नरहेका नेपाल प्रहरीका १८ जनालाई सात दिन उपस्थित हुन प्रहरी प्रधान कार्यालयले निर्देशन दिएको छ ।

१८ जनामध्ये २ जना प्रहरी हबल्दार, १५ जना प्रहरी जवान र एक जना कार्यालय सहयोगी छन् ।

हेर्नुहोस् सूचना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?