+
+
Shares

जेनजी लुम्बिनीले भन्यो- प्रदर्शनमा संलग्न हुँदैनौं

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २२ गते ८:११

२२ असोज, बुटवल । जेनजी लुम्बिनी प्रदेश समितिले यही असोज २३ गते हुने भनिएको प्रदर्शनमा संलग्न नहुने जनाएको छ ।

जेनजी लुम्बिनी संयोजक आदित्य आचार्यले प्रेस विज्ञप्ति जारी गर्दै असोज २३ गते हुने भनिएको आन्दोलन आफूहरुको आयोजनामा नहुने र त्यसमा प्रत्यक्ष वा अप्रत्यक्ष संलग्नता पनि नरहने स्पष्ट पारेका हुन् ।

यदि कसैले जेनजी लुम्बिनी प्रदेशको नाम वा परिचय प्रयोग गरी आन्दोलनमा संलग्न हुने वा कुनै गतिविधिमा सहभागी हुने अवस्था भएमा त्यसको सम्पूर्ण जिम्मेवारी सम्बन्धित व्यक्तिहरूकै हुने विज्ञप्तिमा उल्लेख छ ।

संगठनले आफ्नो नाम दुरुपयोग गर्न नदिन सबैलाई सचेत पनि गराएको छ ।

दुई दिन अघि डा. निकोलस भुसालले बुटवलमा जेनजी युवा र अन्य पेशा व्यवसायमा संलग्न केही व्यक्तिको भेला गरेर असोज २३ गते आन्दोलन हुने बताएका थिए । उक्त भेलामा समेत आन्दोलनमा जाने कि नजाने भन्ने विषयमा मतभेद उत्पन्न भएको थियो ।

सहभागीहरुले आन्दोलनमा भन्दा चुनावमा जान सुझाव दिएका थिए । सुरज पोख्रेल, राजु श्रेष्ठ र योगराज क्षेत्री लगायतले जेनजीलाई विभाजित हुन नदिई एकताबद्ध भएर चुनावमा जानुपर्ने सुझाव राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?