+
+
Shares

रातो नदीले तटबन्ध भत्काउँदा १५ करोड क्षति

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २२ गते १०:०८
फाइल फोटो

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रातो नदीको बाढीले महोत्तरीको तटबन्ध १,६१० मिटर भत्काएर १५ करोड बराबरको क्षति पुर्‍याएको छ।
  • बाढीले जलेश्वरमा १,५०० परिवार विस्थापित भएका छन् र १० नगरपालिका र पाँच गाउँपालिकाका बासिन्दा प्रभावित भएका छन्।
  • सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना कार्यालयका इञ्जिनियर सुरेश मण्डलले बञ्चौरी र लोहारपट्टीमा तटबन्ध भत्किएको जानकारी दिएका छन् ।

२२ असोज, जलेश्वर (महोत्तरी) । रातो नदीको हालैको बाढीले तटबन्ध भत्काउँदा १५ करोड बराबरको क्षति भएको छ । नदीका दुवै किनारमा बनाइएका एक हजार ६१० मिटर तटबन्धमा क्षति हुँदा उक्त रकम बराबरको हानि भएको हो ।

करिब १५ करोड बराबरको तटबन्ध बगाएको जनकपुरस्थित सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना कार्यालयका इञ्जिनियर सुरेश मण्डलले जानकारी दिए ।

उनका अनुसार, रातो नदीले बञ्चौरीको दुई स्थानमा ७० र ८० मिटर, लोहारपट्टीको दुवैतर्फ तीन सय मिटर डाम्हीमा १५० मिटर तटबन्ध भत्काएको छ । नदीले तटबन्ध भत्काएपछि जिल्ला सदरमुकाम जलमग्न भएको थियो ।

बाढीबाट जलेश्वरका एक हजार ५०० परिवार विस्थापित भएका छन् भने जिल्लाको एकडारा, महोत्तरी गाउँपालिका, पिपरा गाउँपालिका, मटिहानी नगरपालिका, बलवा नगरपालिकासहित १० नगरपालिका र पाँच गाउँपालिकाका बासिन्दा प्रभावित भएका छन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?