+
+
Shares

भाटभटेनीमा नेपाल पे क्यूआरमा डिजिटल दशैं अफर सार्वजनिक

अफर अन्तर्गत ग्राहकले भाटभटेनीमा किनमेल गर्दा नेपाल पे क्यूआर स्क्यान गरी भुक्तानी गर्दा आकर्षक उपहार जित्न सक्नेछन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २२ गते १७:४५

२२ असोज, काठमाडौं । भाटभटेनी सुपरमार्केटले हिमालयन बैंक तथा नेपाल पे क्यूआरको सहकार्यमा पर्वका अवसरमा ‘डिजिटल दशैं’ अफर सार्वजनिक गरेको छ ।

अफर अन्तर्गत ग्राहकले भाटभटेनीमा किनमेल गर्दा नेपाल पे क्यूआर स्क्यान गरी भुक्तानी गर्दा आकर्षक उपहार जित्न सक्नेछन् ।

त्यस्तै ग्राहकले भाटभटेनीका प्रत्येक आउटलेटमा टीभीएस जुपिटर स्कुटर जित्न सक्नेछन् भने बम्पर अफरमा एक जना भाग्यशाली विजेताले लक्की ड्रमार्फत टाटा पन्च ईभी जित्न सक्नेछन् ।

६ असोजदेखि १७ पुससम्म भाटभटेनीमा नेपाल पे क्यूआर मार्फत किनमेल गर्ने सबै ग्राहक प्रत्येक आउटलेटबाट एक–एक थान स्कुटर जित्न योग्य हुनेछन् भने ६ असोजदेखि ३० फागुनसम्म नेपाल पे क्यूआर स्क्यान गरी भुक्तानी गर्ने ग्राहक टाटा पन्च ईभी गाडी जित्न योग्य हुनेछन् । स्कुटर तथा गाडीका विजेता भाटभटेनीले हिमालयन बैंक र एनसीएचएलको सहकार्यमा अनलाइन लक्की ड्रमार्फत छनोट गर्ने छ ।

चाडपर्वका अवसर लक्षित गरिएको यस योजनाले दशैंको किनमेललाई थप लाभदायक बनाउने भाटभटेनीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?