+
+
Shares

नेपाली राजदूतहरूसँग प्रधानमन्त्रीको छलफल

नयाँ सरकार बनेपछि सरकारका प्राथमिकता र आपसी सहयोग तथा सहकार्यका लागि आग्रह गर्दै ब्रिफिङ गर्ने विगतको पनि चलन छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २२ गते १८:१८

२२ असोज, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले विभिन्न मुलुकमा रहेका नेपाली राजदूत र नियोय प्रमुखहरूसँग छलफल गरेकी छिन् ।

परराष्ट्र मन्त्रालयको समेत विभागीय जिम्मेवारी सम्हालिरहेकी प्रधानमन्त्री कार्कीले पद सम्हालेपछि पहिलोपटक विभिन्न देशका राजदूत र नियोग प्रमुखहरूसँग छलफल गरेकी हुन् ।

उनले विभिन्न मुलुकको अवस्थाबारे ब्रिफिङ र सरकारको प्राथमिकताबारे निर्देशन दिने बताइएको छ ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेलका अनुसार, नयाँ सरकार बनेपछि राजदूतहरूसँग संयुक्त रूपमा कुराकानी हुन लागेको हो ।

परराष्ट्र मन्त्रालयले नेपाल स्थित विदेशी नियोग प्रमुखहरूलाई पनि सरकारको तर्फबाट ब्रिफिङ गर्ने तयारी गरेको छ ।

नयाँ सरकार बनेपछि सरकारका प्राथमिकता र आपसी सहयोग तथा सहकार्यका लागि आग्रह गर्दै ब्रिफिङ गर्ने विगतको पनि चलन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?