+
+
Shares

असोज १७ पछिको विपद्‌मा परेर मृत्यु हुनेको संख्या ५३ पुग्यो

घाइतेमध्ये पहिरोमा परेर ३३ र चट्याङबाट १४ जना रहेका प्राधिकरणले आज सार्वजनिक गरेको अध्यावधिक मनसुनी घटना विवरणमा उल्लेख छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २२ गते २१:३४
इलामको माइजोगमाइमा गएको पहिरो।

२२ असोज, काठमाडौं । यही असोज १७ गतेपछिको मनसुनी विपद्‌मा परी मृत्यु हुनेको संख्या ५३ पुगेको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आजसम्ममा मृत्यु हुनेको सङ्ख्या ५३ पुगेको जानकारी दिएको छ ।

प्राधिकरणकी प्रवक्ता शान्ति महतले पहिरोमा परेर ४० जना, बाढीबाट ११ जना र चट्याङबाट दुई जनाको मृत्यु भएको जानकारी दिइन् ।

उनका अनुसार पहिरोबाट इलाममा मात्रै ३८ जनाको मृत्यु भएको छ । यस्तै, पाँचथरमा एक र काभ्रेमा एक जनाले पहिरोबाट ज्यान गुमाएका छन् ।

यस्तै बाढीबाट मृत्यु हुने ११ जनामध्ये उदयपुरमा दुई, धनुषामा दुई, तथा इलामा, पाँचथर, खोटाङ भोजपुर, मोरङ, सुनसरी र रौतहटमा एक/एक जनाा रहेका प्राधिकरणले जनाएको छ ।

प्रवक्ता महतले बाढीबाट रसुवामा चार र इलाममा एक गरी पाँच जना बेपत्ता भएका पनि जानकारी दिइन् ।

यस्तै, मनसुनी विपद्मा परेर सो तीन दिनको अन्तरालमा ४७ जना घाइते भएका छन् ।

घाइतेमध्ये पहिरोमा परेर ३३ र चट्याङबाट १४ जना रहेका प्राधिकरणले आज सार्वजनिक गरेको अध्यावधिक मनसुनी घटना विवरणमा उल्लेख छ ।

प्राधिकरणले अस्थायी आवास, पुनःस्थापन र राहत प्रक्रियाकाबारेमा छलफल सुरु भइसकेको जानकारी दिएको छ । उक्त मनसुनी विपद्मा ५० जिल्ला प्रभावित भएको थियो ।

यसपाली यही असोज १८ गते दिउँसो र रातिको समयमा मुसलधारे वर्षा हुँदा ठूलो क्षति पुर्‍याएको थियो । अहिले भने मनसुन बाहिरिन सुरु भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?