
News Summary
Generated by OK AI. Editorially reviewed.- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक अनुसार बिहीबार तने बोडी र घिउसिमीको थोक मूल्य बढेको छ।
- बिहीबार तने बोडीको थोक मूल्य प्रतिकिलो १ सय १२ रुपैयाँ पुगेको छ, जुन हिजो ८५ रुपैयाँ थियो।
- घिउसिमीको थोक मूल्य पनि बिहीबार प्रतिकिलो ८ देखि १५ रुपैयाँले बढेर ९३ देखि १ सय १० रुपैयाँमा किनबेच भइरहेको छ।
२३ असोज, काठमाडौं । स्थानीय बजारमा तने बोडी र घिउसिमीको भाउ बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक अनुसार आज बिहीबार तने बोडी र घिउ सिमीको थोक मूल्य बढेको हो ।
कालीमाटी बजारमा हिजो बुधबार प्रतिकिलो ८५ रुपैयाँ थोक मूल्य रहेको तने बोडी आज बिहीबार १ सय १२ रुपैयाँमा किनबेच भइरहेको छ । आज तने बोडीको भाउ किलोको २७ रुपैयाँ वृद्धि भएको हो ।
यस्तै आज घिउसिमीको भाउ पनि प्रतिकिलो थोकमा ८ देखि १५ रुपैयाँ बढेको छ ।
हिजो बुधबार प्रतिकिलो ९५ रुपैयाँमा किनबेच भएको घिउसिमी लोकल आज बिहीबार १ सय १० रुपैयाँमा किनबेच भइरहेको छ ।
यस्तै घिउ सिमी हाइब्रिड आज प्रतिकिलो ९३ रुपैयाँमा किनबेच भइरहेको तथ्यांकले देखाउँछ । हिजो भने घिउसिमी हाइब्रिड प्रतिकिलो ८५ रुपैयाँमा किनबेच भएको थियो ।
तर, खुद्रामा भने उपभोक्ताले महँगो मूल्यमा खरिद गर्नुपरेको छ । खुद्रामा तने बोडी र घिउ सिमी प्रतिकिलो १ सय ५० देखि १ सय ६० रुपैयाँसम्ममा किनबेच भइरहेको छ ।
प्रतिक्रिया 4