+
+
Shares

मकै बोडीको मूल्य बढ्यो, घिउसिमी घट्यो

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २४ गते १०:४४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबार मकै बोडीको मूल्य प्रतिकिलो थोकमा ७० रुपैयाँ कायम भएको जानकारी दिएको छ।
  • घिउसिमीको मूल्य बुधबार घटेर हाइब्रिड सिमी प्रतिकिलो ११५ रुपैयाँ र लोकल घिउसिमी १४५ रुपैयाँमा किनबेच भएको छ।
  • मंगलबार मकै बोडीको मूल्य ६५ रुपैयाँ र हाइब्रिड घिउसिमी १५० रुपैयाँमा किनबेच भएको थियो।

२४ मंसिर, काठमाडौं । बजारमा मकै बोडीको मूल्य बढ्दा घिउसिमीको मूल्य घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको तथ्यांकले बुधबार यी तरकारीको मूल्यमा घटबढ देखाएको हो ।

आज बुधबार मकै बोडीको मूल्य प्रतिकिलो थोकमा ७० रुपैयाँमा किनबेच भइरहेको छ । हिजो मंगलबार मकै बोडी प्रतिकिलो ६५ रुपैयाँमा किनबेच भएको थियो ।

यस्तै आज घिउसिमीको मूल्य भने प्रतिकिलो थोकमा ३५ रुपैयाँसम्म घटेको छ । हिजो मंगलबार घिउसिमी हाइब्रिड प्रतिकिलो थोकमा १ सय ५० रुपैयाँमा किनबेच भएको थियो । आज  उक्त सिमीको मूल्य १ सय १५ रुपैयाँ कायम छ ।

यसैगरी आज बुधबार लोकल घिउसिमीको मूल्य पनि घटेको छ । हिजो मंगलबार प्रतिकिलो १ सय ५० रुपैयाँमा किनबेच भएको लोकल घिउसिमी आज बुधबार १ सय ४५ रुपैयाँमा किनबेच भइरहेको तथ्यांकले देखाउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?