+
+
Shares

अमेरिकामा ‘हरिबहादुरको जुत्ता’को सुखद प्रदर्शन, पहिलो साता कति कमायो ?

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २३ गते २०:५३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली फिल्म 'हरिबहादुरको जुत्ता' अमेरिकामा ४८ हजार अमेरिकी डलर कमाएको वितरक उज्वल पौडेलले बताए।
  • फिल्मले अमेरिकाको ड्यालस र ओहायोमा विशेषगरी राम्रो कमाइ गरिरहेको छ।
  • नेपालमा फिल्मले १० दिनमा ३ करोड ७५ लाख रुपैयाँ ग्रस कलेक्सन गरेको छ।

मेरिल्याण्ड (अमेरिका) । हरिवंश आचार्य स्टारर सोसल-कमेडी ड्रामा ‘हरिबहादुरको जुत्ता’ले स्वदेशमात्र होइन, यहाँ पनि सुखद कमाइ गरिरहेको देखिएको छ ।

विशेषगरि नेपाली समुदायको बाक्लो बसोबास रहेको टेक्सासको ड्यालस र ओहायो राज्यमा फिल्मले राम्रो कमाइ गरिरहेको वितरकले बताएका छन् ।

नेपालसहित फूलपातीबाट अमेरिकामा समेत रिलिज भएको यो फिल्मले पहिलो साता अमेरिकामा ४८ हजार अमेरिकी डलर (६८ लाख नेरु) कमाएको जानकारी वितरक उज्वल पौडेलले दिए ।

यस फिल्मबाट वितरणमा डेब्यू गरेका छोरा आहानलाई सघाउन उज्वल अहिले अमेरिकामा छन् ।

पहिलो साता ८० पर्दाबाट अमेरिकामा रिलिज भएको ‘हरिबहादुरको जुत्ता’ अहिले पेन्सिलभेनिया, न्यूयोर्कको क्विन्स, एलुएस, हस्र्ट, ओहायको पिकरिंगटोन, भर्जिनियाको एसबर्न, टिनिसको नासभिल, म्यासाचुसेट्सको क्याम्ब्रिज, कनेक्टिकटको हार्डफर्ड, न्यू ह्यामसायरको हुकसेट, जर्जियाको जोन क्रिक्स, जर्जियाको बुफर्ड, मेरिल्याण्डको गेसिथबर्गस्थित हलमा फिल्म चलिरहेको जनाइएको छ ।

‘नेपालको वर्तमान परिस्थितीसँग फिल्म एकदमै सान्दर्भिक छ । जेनजी आन्दोलनको सन्दर्भ पनि त्यहाँ छ । यो कुरालाई अमेरिकामा दर्शकले रुचाउनुभएको छ’ वितरक पौडेलले भने, ‘विशेषगरि ड्यालस र ओहायोमा फिल्म राम्रो चलिरहेको छ ।’

दीपेन्द्र के खनाल निर्देशित यो फिल्मले नेपालमा पनि राम्रो कमाइ गरिरहेको देखिएको छ । फिल्मले नेपालमा १० दिनसम्म ३ करोड ७५ लाख रुपैयाँ ग्रस कलेक्सन गरेको छ । सरोज ओली र मोहितवंश आचार्यले निर्माण गरेको यो फिल्म यसको कथावस्तु, गीतसंगीत र सशक्त अभिनयले चर्चामा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?