+

राष्ट्रिय टोलीबाट कुशल देउवाको डेब्यू, सनिशको पहिलो गोल

२०८२ असोज  २३ गते २३:१७ २०८२ असोज २३ गते २३:१७
राष्ट्रिय टोलीबाट कुशल देउवाको डेब्यू, सनिशको पहिलो गोल

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कुशल देउवाले नेपाली राष्ट्रिय फुटबल टोलीका लागि बिहीबार भियतनामसँगको खेलमा दोस्रो हाफको ८५औं मिनेटमा डेब्यू गरेका छन्।
  • नेपालले भियतनामसँगको खेलमा ३-१ ले पराजित भएको छ र सनिश श्रेष्ठले पहिलो हाफको १७औं मिनेटमा नेपालका लागि पहिलो गोल गरेका छन्।
  • नेपालले भियतनामसँग अर्को खेल १४ अक्टोबरमा खेल्नेछ।

२४ असोज, काठमाडौं । कुशल देउवाले नेपाली राष्ट्रिय फुटबल टोलीका लागि डेब्यू गरेका छन् । उनले बिहीबार भियतनामसँगको खेलमा दोस्रो हाफको ८५औं मिने६मा मैदान प्रवेश गर्दै डेब्यू गरेका हुन् ।

खेलमा नेपाल भियतनामसँग ३-१ ले पराजित भएको थियो । देउवाले डेब्यू गर्न पाउँदा खुसी लागेको भएपनि टिमको हारले निराश भएको बताए ।

त्यस्तै सनिश श्रेष्ठले नेपालका लागि आफ्नो पहिलो गोल समेत गरे । पहिलो हाफको १७औं मिनेटमा उनले नेपालका लागि बराबरी गोल गरेका थिए ।

सनिश श्रेष्ठ यसअघि बंगलादेशसँगको मैत्रीपूर्ण खेलमा भने टोलीमा समावेश थिएनन् ।

नेपालले भियतनामसँग अर्को खेल १४ अक्टोबरमा खेल्नेछ ।

कुशल देउबा नेपाली फुटबल टोली सनिश श्रेष्ठ

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय