+
+
Shares

युद्धका बेला किन बढ्छ कण्डमको बिक्री ?

केही महिनाअघि इजरायलसँग भएको युद्धका क्रममा इरानमा कण्डमको माग तथा बिक्री आकाशिएको तथ्यले यसलाई पुष्टि गर्दछ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २४ गते ८:२३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • इरानमा इजरायलसँगको १२ दिने युद्धका क्रममा कण्डमको बिक्री २६ प्रतिशतले वृद्धि भएको छ।
  • सन् २००६ मा उत्तर कोरियाको परमाणु परीक्षणपछि दक्षिण कोरियाली बजारमा कण्डमको बिक्रीमा उल्लेखनीय उछाल आएको थियो।
  • रुसले सन् २०२२ मा युक्रेनमाथि गरेको आक्रमणपछि रुसी खुद्रा पसलहरुमा कण्डमको बिक्री १७० प्रतिशतले बढेको तथ्यांक छ।

काठमाडौं । युद्धजस्ता संकटको बेलामा बजारमा अत्यावश्यकीय वस्तुहरुको माग तथा मूल्य बढ्ने कुरा हामीलाई थाहै छ । तर युद्धको बेलामा खानेकुरा तथा अन्य उपभोग्य वस्तुहरुको मात्र होइन कण्डमको बिक्री पनि ह्वात्तै बढ्ने गरेको तथ्यांकले देखाएको छ ।

केही महिनाअघि इजरायलसँग भएको युद्धका क्रममा इरानमा कण्डमको माग तथा बिक्री आकाशिएको तथ्यले यसलाई पुष्टि गर्दछ ।

इरानको एक अनलाइन बिक्रेताका अनुसार त्यहाँ इजरायली आक्रमणपछि कण्डमको बिक्री चुलिएको थियो ।

हुन त इरानमा मात्र नभई अन्य देशहरुमा पनि संकटको समयमा उपभोक्ताहरुबीच कण्डमको माग उच्च हुने विभिन्न तथ्यांकहरुले देखाएका छन् ।

समाचार अनुसार इरानको सबैभन्दा ठूलो इकमर्श प्लाटफर्म डिजिकलाको तथ्यांक अनुसार जुन महिनामा इरानमा कण्डमको बिक्री उच्च मात्रामा भएको थियो ।

इजरायलसँगको १२ दिने युद्धका क्रममा इरानमा कण्डमको बिक्रीमा २६ प्रतिशतले वृद्धि भएको डिजिकलाको तथ्यांक छ ।

उपभोक्ताको बानी व्यवहार सम्बन्धी एक रिपोर्ट अनुसार युद्धका बेला स्वास्थ्य सम्बन्धी प्रडक्टहरुको मागमा वृद्धि हुने गरेको छ । त्यसमा सेनिटरी प्याड, किटनाशक, ब्लड ग्लूकोज परीक्षण गर्ने स्ट्रिप, ब्लड ग्लूकोज मनिटर, वयस्क मानिसले लगाउने डाइपर तथा सेनिटरी पेन्टीजस्ता सामानहरु प्र्दछन् ।

जून १३ मा इरानका सैन्य तथा परमाणु केन्द्रहरुमा भएको अचानकको इजरायली आक्रमणको ३ महिनापछि यो रिपोर्ट आएको हो ।

हवाई आक्रमणका क्रममा इरानी परमाणु वैज्ञानिकसँगै कैयौँ इरानी सैनिक तथा अधिकारीहरु मरिएका थिए । इरानले इजरायली आक्रमणको जवाफमा मिसाइल तथा ड्रोन आक्रमण गर्दा इजरायलमा पनि हताहती भएको थियो ।

स्मरण रहोस् युद्ध तथा संकटको बेलामा इरानमात्र नभएर अन्य देशमा पनि यस्तै प्रकारले कण्डमको बिक्री बढ्ने गरेको देखिएको छ ।

सन् २००६ मा उत्तर कोरियाको परमाणु परीक्षणपछि दक्षिण कोरियाली बजारमा कण्डमको बिक्रीमा उछाल आएको थियो । त्यहाँ प्रतिदिन औषतमा १९६० वटा कण्डम बिक्री भएका थिए जबकि त्यसअघि प्रतिदिन १५०८ कण्डम बिक्दथे ।

त्यसैगरी रुसले सन् २०२२ को मार्चमा युक्रेनमाथि गरेको आक्रमणपछि रुसी खुद्रा बिक्रेता पसलहरुमा कण्डमको बिक्री उच्चदरले बढेको थियो । फार्मेसी चेन रिग्लामा २६ प्रतिशतको वृद्धि देखिएको थियो ।

त्यस्तै अनलाइन मार्केटप्लेस वाइल्डबेरिजमा चाहीँ त्यसबेला कण्डमको बिक्री १७० प्रतिशतले बढेको थियो ।

यस प्रकारको व्यवहार अमेरिकामा कोभिड १९ महामारीको सुरुवाती महिनाहरुमा देखिएको थियो । उपभोक्तामा बढेको अनिश्चितता तथा आपूर्ति श्रृंखलामा अवरोध हुने आशंकाले गर्दा बिक्री बढेको कण्डम निर्माता कम्पनी रेकिट बेनकिजरले जनाएको थियो । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?