+
+
Shares

लार्केपास पदयात्रा गर्ने क्रममा लेक लागेर एक युवाको मृत्यु

भक्तपुरको मध्यपुर नगरपालिकाका २३ वर्षीय रोहन प्रजापतिको बिहीबार दिउँसो लेक लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २४ गते १०:३२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भक्तपुरको मध्यपुर नगरपालिकाका २३ वर्षीय रोहन प्रजापतिको लार्के पास पदयात्रा गर्ने क्रममा लेक लागेर मृत्यु भएको प्रहरीले जनाएको छ।
  • प्रजापति र उनका चार जना साथीहरू मनास्लु पदमार्ग हुँदै लार्के पासका लागि गएका थिए र साथीहरू मनाङतर्फ झरेका छन्।
  • प्रजापतिको शव सामागाउँ ल्याइएको छ र हेलिकप्टरबाट काठमाडौको टिचिङ अस्पताल लैजाने तयारी भइरहेको छ।

२४ असोज, गोरखा। लार्केपास पदयात्रा  गर्ने क्रममा लेक लागेर एक युवकको ज्यान गएको छ ।

भक्तपुरको मध्यपुर नगरपालिकाका २३ वर्षीय रोहन प्रजापतिको बिहीबार दिउँसो लेक लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रजापति र उनका केही साथीहरु मनास्लु पदमार्ग हुदै लार्के पासका लागि बिहीबार उत्तरी गोरखाको चुमनुव्री गाउँपालिका–१ धर्मशाला पुगेका थिए। त्यहाँबाट करिब पाँच घण्टाको पैदल हिडेर लार्के पास गर्ने क्रममा प्रजापतिको लेक लागेर ज्यान गएको प्रहरी नायव उपरीक्षक राजकुमार श्रेष्ठले बताए।

‘उनीसँग अन्य चार जना साथीहरु पनि गएका रहेछन्,’ उनले भने, ‘माथि पुगिसकेकाले फर्केर तल झर्न समस्या हुने भएपछि पोर्टरहरुको सल्लाह अनुसार अन्य साथीहरू भने लार्के पास गरेर मनाङतर्फ झरेछन्।’

प्रजापतिको शव सामागाउँ ल्याइएको र फिस्टेल एयरको हेलिबाट काठमाडौको टिचिङ अस्पताल लैजाने तयारी भइरहेको डिएसपी श्रेष्ठले जानकारी दिए।

सामागाउँ प्रहरी चौकीबाट खटिएको टोलिले मुचुल्का तयार गरिरहेको र घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?